‘‘संस्कृति नै जोगिएन भने यो देश कसरी जोगिन्छ ?
इन्द्र रिजाल
जेठ ३१, २०७६ शुक्रबार २३:४:४०
काठमाडौं । सरकारले गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गरेपछि त्यसमा भएका कतिपय प्रावधानलाई लिएर विरोध भइरहेको छ ।
गुठी सम्बन्धी सरोकारवाला र नेवार समुदायले काठमाडौंमा गुठी सम्बन्धी विधेयकको विपक्षमा आन्दोलन गरिरहेका छन् । सरोकारवालाहरुको आन्दोलमा सरकारले धरपकड गरेको र आन्दोलकारीको टाउकोमा डन्डा वर्षाएको भन्दै संघीय संसदमा प्रमुख प्रतिपक्षी दलले चर्को विरोध गर्यो ।
सरोकारवालाहरु भने आफ्ना माग सुन्न सरकारलाई सडकबाट झक्झकाउन भने छोडेका छैनन् । बरु झनै आँटिला भएका छन् । उनीहरु नियमितजसो गुठी विधेयकको विरोधमा आन्दोलन गरिरहेका छन् । आफ्नो आवाज सुन्न सरकारलाई बाध्य पार्न झनै बुलन्द बन्न खोजेका छन् ।
उनीहरुको तर्क छ – ‘यदि गुठी विधेयक पारित भयो भने देशभरका ऐतिहासिक सम्पदाहरु मासिन्छन् ।’
उनीहरुको यो माग अहिलेदेखिको होइन । गायक समेत रहेका योगेश्वर अमात्य पनि गुठी सम्बन्धी विधेयकको विरोधमा उत्रिएका छन् । उनी भन्छन्, ‘हामीले देख्दादेख्दै कति गुठीहरु मासिए, संरक्षण गर्नुपर्नेमा उल्टो मासिएका छन्, यसरी नै मासिँदै जाने हो भने भोलि हाम्रो संस्कृति के होला ?’
प्रहरीले आइतवार माइतीघरमा शान्तिपूर्ण आन्दोलन गरिरहेका सरोकारवालामाथि पानीको फोहरा बर्साएको थियो । ‘खासमा हामीले माइतीघरमा पनि शान्तिपूर्ण आन्दोलन गरेका थियौँ तर प्रहरीले दमन ग–यो,’ अमात्य सुनाउँछन् ।
‘हामी शान्तिपूर्ण आन्दोलन गरिरहेका छौँ भनेर प्रहरीलाई भन्न चाहन्थ्यौँ, प्रहरी साथीहरुले पनि खुशी हुँदै हाम्रो फूल लिइदिनुभयो,’ योगेश्वर भन्छन् ।
उनको भनाइमा सरकारले गुठीको वास्तविकता बारे बुझ्नै खोजेको छैन । आफूले १५ वर्षअघि नै गुठी संस्थान खारेज हुनुपर्ने धारणा अघि सारेको पनि योगेश्वर सुनाउँछन् । ‘मैले उतिबेलै बुझेँ नि, संस्कृति जोगाउन त गुठी जोगाउनुपर्ने रहेछ ।’
संस्कृति मासिँदै गएको चिन्ता नेवार समुदायलाई मात्र होइन, अरु समुदायलाई पनि छ । ‘बराजुहरुले पूजाआजा र अन्य प्रयोजनका लागि गुठीलाई छुट्याए, अहिले भूमि सुधारले सबै गुठीलाई मास्ने विधेयक ल्यायो, धेरै नराम्रो भयो,’ अमात्य भन्छन् ।
पछिल्लो समय निरन्तर रुपमा गुठी विधेयकको विरोधमा खुलेर उत्रिएका छन् योगेश्वर । ‘हामीलाई एकदमै गाह्रो भयो, खासमा नेवार संस्कृति हाम्रो मात्र संस्कृति होइन, राज्यको पनि संस्कृति हो, धेरै गुठीहरु बिलाइसके, भएका गुठीमा पनि सरकारले अंकुश लगाउन खोज्दैछ,’ योगेश्वर भन्छन्, ‘धर्म नै रहने भने हाम्रो देश दलदलमा फस्छ, गुठी परम्परा हामीलाई जोड्ने आस्था पनि हो नि !’
योगेश्वर गुठीहरु जग्गा नभएको बताउँछन् । गुठीहरु समुदायको साझा सम्पत्ति हो । सरकारले ल्याउन लागेको विधेयकले भू–माफियाहरुलाई जग्गा बेच्न सहज हुने गरी विधेयक ल्याउन खोजिएको उनी बताउँछन् र ‘सरकारले दमन गर्नु राम्रो हुँदैन जस्तो लाग्छ, खासमा यो हाम्रो संस्कृति हो ।’
‘अङ्ग्रेजीमा गुठी भनेको ‘कम्युन’ हो, कम्युनिस्ट सरकार नै यसको विरोधमा गएको पटक्कै सुहाएन,’ उनी बहुमतको सरकारसँग गुनासो पोख्छन् । जनतालाइ भ्रममा राखेकाे र काम गर्न नसकेकाे बताउछन् ।
‘सरकारले राष्ट्रपतिको सवारी हुँदा घण्टौँ सडक जाम गर्छ, हामीमाथि पानी खन्याउँछ, आखिर हामी पनि यही देशका जनता हौँ नि !,’ योगेश्यर भन्छन्, ‘अब ४ गते माइतीघरमा झन् ठूलो विरोध हुँदैछ, अब त यो आन्दोलन रोकिन्छ झैँ लाग्दैन ।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
अन्नपूर्ण आधार शिविर र पदमार्गमा सरसफाइ
मंसिर १, २०८१ शनिबार
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
मंसिर १, २०८१ शनिबार
जुनको उज्यालोमा मकै सुकाउने पर्व
मंसिर १, २०८१ शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मंसिर १, २०८१ शनिबार