तरुण दललाई अपाङ्ग बनाउने काम पार्टी नेत्तृत्वबाट भयो : महासचिव शाही
इन्द्र रिजाल
जेठ ३१, २०७६ शनिबार १:२१:१९
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको बैठक काठमाडौंको श्रीखण्ड होटेलमा सम्पन्न भएको छ । शुक्रबार बसेको बैठकले पाटीले अब समिति बिस्तार नगरे तरुण दलले सशक्त दबाब सिर्जना गर्ने निष्र्कस निकालेको छ ।
महासचिव भुपेन्द्रजङ्ग शाहीले तरुण दललाई तत्काल बिस्तार गर्न माग गर्दै भने “पार्टीले हाम्रो हात खुट्टा बांधेर कम्युनिष्ठसँग लड्न पठाउन खोज्यो। महासचिव शाहीले तरुण दललाई अपाङ्ग बनाउने काम पार्टी नेत्तृत्वबाट भएको आरोप लगाएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवाले तरुण दललाई अनिर्णयको बन्दी बनाएको आरोप लगाएका छन् ।
कार्यक्रममा सहभागीहरुले तरुणदललाई बिस्तार नगरेको भन्दै शिर्ष नेताहरुप्रति आक्रोश व्यक्त गरेका थिए । कार्यक्रममा तरुण दल काठमाडाैंका जिल्ला अध्यक्ष कृष्ण जि खड्का , महाधिवेशन प्रतिनिधि सुरजचन्द्र लामिछाने , सोम लामा, राहुल रेग्मी , धनबहादुर बांनियाँ , सरोज शर्मा , पवित्रा पोख्रेल, विष्णु धिताल लगायत वक्ताहरुले तरुण दल विस्तार हुनुपर्ने माग गरेका छन् ।
यो पनि :
आज नेपाल तरुण दलकाे केन्द्रिय समिति बैठक
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार