पाटनमा यसरी निकिस्यो गुठी विधेयकको विरुद्ध मसाल जुलुस [हेर्नुस भिडियोसहित]
इन्द्र रिजाल
जेठ ३१, २०७६ शनिबार ४:३६:४५
काठमाडौं । पाटनमा शुक्रबार साझ गुठी विधेयकको बिरुद्ध मसाल जुलुस निकालिएको छ । आज बेलुका ६ बजे निकालिएको मसाल जुलुसमा गुठी विधेयक बिरुद्ध स्थानीय जनता स्वतःफूर्त आन्दोलनमा उत्रेपछि हजारौंको संख्यामा प्रदर्शनकारीहरु भेला भएका थिए ।
जुलुसमा उनीहरुले गुठी विधेयक खारेज गर, सम्पदा मास्न पाईदैन, सम्पदा विरोधी होसियार लगायतका नाराबाजी गर्दै पाटनको मंगलबाजार हुँदै नगर परिक्रममा गरेका थिए । उपत्यकामा यतिखेर दैनिक जसो विभिन्न क्षेत्रमा विधेयकको विरुद्धमा नारावाजी, जुलुस, विरोधसभा हुन थालेको छ ।
यता, जेठ २६ गते आइतबार सरकारले ल्याएको गुठी विद्येयकको बिरुद्धमा माइतीघर मण्डलामा बिरोध प्रर्दशन गर्न पुगेका प्रर्दशनकारी र प्रहरीबीच झडप भएको थियो । झडपको क्रममा आक्रोसित प्रर्दशनकारीले नारा बाजी सहित प्रहरीमाथि ढुङगा मुढा प्रहार गर्न थाले पछि झडपको स्थिति सिर्जना भएको हो ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्याँस तथा पानीको फोहराको साहरा लिएको गृहमन्त्री राम बहादुर थापाले बताएका छन् । अहिले गुठी विद्येयक सम्बन्धि विभिन्न तह र तप्कामा तथा सडकदेखि सदनसम्म चर्चा परिचर्चा भएको छ ।
यसरी माईतीघर मण्डलबाट सुरु भएको आन्दोलन उपत्यकाव्यापी बनेको छ । बिहीबार पनि हिजो पाटनमा हजारौको संख्यमा मानिसहरु सहभागी भई गुठी विधेयकको विरोध गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार
‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओली सहभागी
असोज ३, २०८१ बिहिबार