“सुतेको बाघलाई चलायो, ओली तेरो काल आयो” [फोटोफिचर]
इन्द्र रिजाल
जेठ ३२, २०७६ शनिबार १७:२०:०
काठमाडौं । सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै शनिबार बसन्तपरमा ज्यापु महागुठीले विशाल प्रदर्शन गरेको छ ।
काठमाडौंको बसन्तपुरबाट ज्यापु महागुठीलगायतका विभिन्न धार्मिक तथा सांस्कृतिक संघ–संस्थाले गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन् ।
शुक्रबार बेलुका पाटनमा गुठी विधेयक बिरुद्ध मसाल जुलुसमा निकालेका स्थानीय जनता स्वतःफूर्त आन्दोलनमा उत्रेपछि हजारौंको संख्यामा नेवार समुदायहरु अाज बिहानै बसन्तपुरमा भेला भएका थिए ।
प्रदर्शनमा “सुतेको बाघलाई चलायो, ओली तरो काल काल आयो, गृहमन्त्री चोर देश छोड, ओली तरो पाराले, दुख पाए सारा”ले लगायतका नारा लगाएका थिए । नेवारहरूको छाता संगठन नेवाः देय् दबू र संघर्षरत गुठियारले गुठी विधेयक खारेज नगरेसम्म सरकारसँग वार्ता नगर्ने बताएका छन् । उपत्यकाका नेवार समुदायको धर्म, संस्कृति र जीवनपद्धतिसँग सम्बन्धित गुठीमा गुठियारका अधिकार समाप्त पार्ने गरी ल्याइएको विधेयक खारेज नगरे सडक तताउने खालको आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
शनिबार बिहान बसन्तपुरमा गुठी विधेयक विरुद्ध विरोध प्रदर्शन गदै यो विधेयक पारित भए उपत्यकाका कुनै पनि गुठी बाँकी नरहने दबूका अध्यक्ष नरेश ताम्राकार बताउँछन् । ‘गुठीबाट सञ्चालित स्कुल, कलेज, अस्पताल पनि बन्द हुने अवस्थामा पुग्नेछन्,’ उनले भने, ‘उपत्यकावासीको जीवनशैलीमै अड्चन आउँछ ।’ संघर्ष समिति र दबूले दबाबस्वरूप असार ४ गते राजधानीमा जनप्रदर्शन गर्ने जनाएका छन् ।
संघर्ष समिति संयोजक गणपतिलाल श्रेष्ठले विधेयक संविधानको भावना र मर्मविपरीत रहेकाले खारेज नभएसम्म वार्तामा नबस्ने बताए । ‘उपत्यकाबाहिर गुठीको समस्या भूमिसँग मात्र केन्द्रित हुन सक्छ,’ उनले भने, ‘उपत्यकामा जन्मदेखि मृत्य संस्कारसम्म मात्र नभई जीवनयापनसँग पनि सम्बन्धित छ, यसको खारेजी पहिलो सर्त हो ।’ नेवाः देय दबूका अध्यक्ष नरेश ताम्राकारले सरोकारवालासँग छलफल नगरी ल्याइएको विधेयक नमान्ने बताए । ‘खारेज नभएसम्म वार्तामा बस्दैनौं,’ उनले भने, ‘सांसदलगायत सरकार पक्ष मात्र बसेर गरेको छलफल मान्य हुँदैन ।’
नेवार जातिको समुदाय र टोलैपिच्छे गुठी छन् । विभिन्न संस्कारअनुसार फरक–फरक गुठी सञ्चालनमा छन् । सनाः, सीः र गोः गुठी मृत्युसँग सम्बन्धित छन् । शवलाई घरदेखि बोकेर घाटसम्म पुर्याई चितामा राख्ने काम सनाः ‘मलामी’ गुठीले र दाहसंस्कार सीः गुठीले गर्छ । कुनै समुदायमा भने यो काम देवाली गुठीले गर्छ ।
संविधानको धारा २६ मा धार्मिक स्वतन्त्रताको हकसम्बन्धी व्यवस्था छ । यसको दफा १ मा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुने उल्लेख छ । दफा २ मा प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुने व्यवस्था छ ।
दबू र संघर्ष समितिले विधेयकका अधिकांश बुँदा गुठियारको हितमा नरहेको उनीहरूले बताएका छन् । दफा २३, २४, ५४, ५६, ५९, ६४, ८० लगायत अधिकांश बुँदामा उनीहरूले आपत्ति जनाएका छन् । दफा २३ मा गुठीको हक र दायित्व प्राधिकरणमा सर्ने, २४ मा गुठियारको अधिकार स्वतः समाप्त हुने र ५४ मा हक समाप्त हुने प्रावधान छ । दफा २३ ले निजी र छुट गुठीसमेत राज गुठीमा परिणत भई प्राधिकरणको स्वामित्वमा जाने उल्लेख छ ।
विधेयकको परिच्छेद–९ मा मोहियानी हक र रैतानीसम्बन्धी व्यवस्था छ भने दफा ५९ मा मोहियानी हक हस्तान्तरण गर्न सकिने, दफा ६४ मा निजी गुठी सार्वजनिक गुठीमा दर्ता गराउन सकिने, ८० मा गहना र अन्य सम्पत्ति व्यवस्थापन गुठी प्राधिकरणले गर्ने व्यवस्था छ ।
यसैबीच,
गुठी विधेयक बिरुद्ध उपत्यकावासीले माईतीघर मण्डलमा फेरि शक्ति प्रर्दशन गर्ने भएको छ । असार ४ गते बुधवार विहान ११ बजे उपत्यकावासीले एकिकृत शक्ति प्रदर्शन गर्ने राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले जनाएको छ ।
सम्पदा अभियान्ता गणपतिलाल श्रेष्ठ संयोजक रहेको समितिले उपत्यकाका विभिन्न गुठीयार, संघ, संस्था, जातिय संस्थाहरुसँग समन्वय गरेर गुठी विधेयक आन्दोलनलाई तिव्रता दिएको छ । जेठ २६ गते माईतीघर मण्डलमा गुठी विधेयक विरुद्ध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुमाथि प्रहरी दमन भएपछि उपत्यकावासी स्वतःफूर्त रुपमा गुठी आन्दोलनमा सहभागी हुन थालेको छ ।
वसन्तपुरबाट सुरु भएको विरोध प्रदर्शन न्यूरोड, टेकु, ठमेल, दरबारमार्ग, रत्नपार्क, शहिदगेट हुँदै पुनः बसन्तपुर पुगेर समापन भएको थियो । यसैबीच ‘गुठी विधेयक खारेजी अभियान’ले विधेयक खारेजीको माग गर्दै वसन्तपुरमा अनिश्चितकालीन धर्ना सुरु गरेको छ । अभियानका संयोजक तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अगुवाइमा धर्ना दिइएको हो ।
जोशीले विधेयक खारेज नभएसम्म धर्ना जारी रहने बताए ।गुठी विधेयकले धर्म, परम्परा र संस्कृतिमाथि ठाडो हस्तक्षेप गरेको, ऐतिहासिक सम्पदा सरकारले कब्जा गर्न खोजेको भन्दै धर्नामा सहभागीहरुले सम्पदा बचाउ अभियानमा सहभागी हुन आह्वानसमेत गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार