लोकसेवाको बिज्ञापन खारेज गर्न दिएको निर्देशन त्रुटिपूर्ण : लालबाबु पण्डित
इन्द्र रिजाल
जेठ ३२, २०७६ शनिबार २२:३९:४०
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहका लागि लोकसेवा आयोगले खुलाएको बिज्ञापन खारेज गर्न दिएको निर्देशन संवैधानिक , कानूनी र प्रक्रियागत रुपमा त्रुटिपूर्ण रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले लोकसेवा आयोगले खुलाएको विज्ञापन पूर्णरुपमा कानुनी र संवैधानिक रहेको दोहराए । संविधानले अलग अलग ब्यवस्था गरे अनुरुप ६ सय ३ वटा स्थानीय तहहरुले १६ हजार ५ सय पद परिपूर्ति गरिदिनका लागि लिखित रुपमा मन्त्रालयमा पठाएको र त्यसलाई लोकसेवा आयोगमा जस्ताको तस्तै पठाएको उनले बताए ।
केही विज्ञापन गर्न बाँकी र ५ सय १५ स्थानीय तहको १४ हजार ६ सय ६२ माग गरिएकोमा पदोन्नति ४० प्रतिशत छुट्याउनुपर्ने व्यवस्था अनुरुप त्यो छुट्याई लोकसेवा आयोगले विज्ञापन गरेको मन्त्री पण्डितको भनाई छ । बिज्ञापन खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्चमा पनि मुद्धा परेको बताउँदै उहाले त्यसमा सरकारले मुद्धा जित्ने दावी पनि गरे ।
संघीय निजामति सेवा ऐन संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा ६ महिना अघिदेखि छलफलका क्रममा रहेको छ । यो ऐन पारित नहुञ्जेलसम्म कानुनी रुपमा समावेशी र समानुपातिक नहुने र पूरानो निजामती सेवा ऐनमा भएको व्यवस्था अनुसार गर्ने व्यवस्थाका आधारमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन खोलिएको उनले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार