नेकपाले अभूतपूर्व सफलतालाई सदुपयोग गर्न सक्नुपर्छ : नेता रावल
इन्द्र रिजाल
जेठ ३२, २०७६ आइतबार ०:५४:३८
अछाम । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को सुदूरपश्चिमका सबै जिल्लामा पार्टी एकता कार्य टुङ्गिएको छ । यही जेठ २५ गते कैलालीबाट शुरु भएको जिल्ला कमिटीको शपथग्रहण कार्यक्रम शनिबार अछाम जिल्ला कमिटीको घोषणा तथा शपथग्रहण भएसँगै नौ वटै जिल्लामा जिल्ला कमिटीले पूर्णता पाएको हो ।
पार्टीका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीम रावल र स्थायी कमिटी सदस्य लेखराज भट्टसहितका नेताहरुको उपस्थितिमा अछाम जिल्ला कमिटीका १४५ सदस्यलाई शनिबार शपथग्रहण गराइएको छ ।
शपथग्रहणपश्चात कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले नेकपाले अहिले अभूतपूर्व सफलता प्राप्त गरेको भन्दै यस सफलतालाई सदुपयोग गर्न जरुरी रहेको बताए । यो सफलतालाई जनताको आकाङ्क्षा र राष्ट्रको आवश्यकताअनुसार उपयोग गर्न आग्रह गरे ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता रावलले यसअघि काङ्ग्रेसले बहुमत प्राप्त गर्दाका बखत देशका कलकारखाना कौडीको भाउमा बेचेको र नदीनाला अरुलाई सुम्पिएको आरोप लगाए । नेता रावलले सकारात्मक अनुभवलाई ग्रहण गर्दै जीवनमा कार्यान्वयन गर्ने र नकारात्मक अनुभवबाट पाठ सिक्दै अघि बढ्न नयाँ चयन भएका जिल्ला कमिटी सदस्यलाई आग्रह गरे ।
अर्का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले पार्टी एकताले नेपाली कम्युनिष्ट आन्दोलनमा नयाँ आयाम थपिएको बताए । जिल्ला कमिटीको शपथग्रहणका लागि नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी सहइञ्चार्ज लक्ष्मणदत्त जोशी, पार्टीका प्रदेश कमिटी अध्यक्ष तथा पूर्वमन्त्री कर्णबहादुर थापा, प्रदेश कमिटी सचिव नेपबहादुर चौधरी, केन्द्रीय सदस्य तारामान स्वार र शरदसिंह भण्डारीलगायतका नेताहरु सबै जिल्लामा पुगेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओली सहभागी
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार
‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओली सहभागी
असोज ३, २०८१ बिहिबार