गुठीयारले खाएको भाग खोसिएला भनेर अत्तालिएका हुन् :- मन्त्री बाँस्कोटा
इन्द्र रिजाल
जेठ ३२, २०७६ आइतबार १:२२:३०
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्ना बारेमा नकरात्मक टिप्पणी गर्नेलाई आउँदो चुनावमा मैदानमा भिडेर हिसाबकिताब गर्न चुनौती दिएका छन् । उनले राजनीति के हो ? केही मान्छेको मुठ्ठीको खेल हो ? राज्यसत्ता जनातको काम गर्नका निम्ति हो, साधारण मोही हकको, किसानको अधिकार सुरक्षित गर्दा, टाउको दुखिहाल्नु पर्ने भन्दै राष्ट्रियसभामा पेश गर्नुअघि हरेक विधेयकका विषयमा हुने नकारात्मक टिप्पणी राम्रो नहुने बताएका छन् ।
मन्त्री बाँस्कोटाले शनिबार काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ सिपाघाटमा टेलिफोन ‘पीएसटीएन’ एक्सचेञ्ज उद्घाटन गर्दै भने, “यहाँ त विधेयक लैजानुभन्दा अघि ‘पुल्ठो’ झोसिन्छ, पुल्ठो झोसेछि नकारात्मक टिप्पणी फैलिन्छ, जसका कारण समस्या समाधान गर्न कठिन हुन्छ, विषयको चुरोमा जानुभन्दाअघि भ्रामक रुपमा उत्तेजना फैलाउनु राम्रो होइन ।”
गुठी विवादको चुरो कुरो,जागे उपत्यकाका नेवार ,शनिवार बसन्तपुरमा ७ बजे बिशाल जनप्रर्दशन
मन्त्री बाँस्कोटाले राष्ट्रियसभामा पेश भएको गुठी विधेयक संस्कृति, रीतिरिवाज, धर्म र सामाजिक व्यवहार तथा उत्पादन, स्वामित्व र किसानका अधिकारसँग जोडिएको दुई प्रकृतिका दुई पृथक ढङ्गले छलफलमा लगिने बताए ।
उनले सरकार वैज्ञानिक र व्यवस्थित ढङ्गले गुठी विधेयक समाधान गर्ने प्रयत्न गरिरहेको उल्लेख गर्दै जमीनमा हरेक जनातको पहुँच पु¥याइने धारणा राखे । उनले भने, “संविधानमा नागरिकको मौलिक हक स्थापित छ, भूमिहीनलाई घरबासका लागि जमीन दिने भन्ने संविधान भने बनाउने, अनि भएको सम्पत्ति रोकेर उनीहरुलाई बास नबसाउने ?”
मन्त्री बाँस्कोटाले स्वर्गद्वारीमा जनताले कमाएको झण्डै एक हजार २०० रोपनी जमीन कि जनताको हुनुपर्ने नभए त्यसको हिसाबकिताब सरकारलाई बुझाउनुपर्ने दाबी गरे । “आफूले गर्न पाइयो भने मज्जाको ‘हाइहाई डेमोक्रेसी’ रे अर्काले गर्दा कम्युनिष्ट सरकारले खाने भो भन्ने, यो कदापि हुन्न”, उनले भने । गुठीको समस्या समाधान हुँदा सबैको समस्या समाधान हुने उनको भनाइ थियो । उनले भने, “विकास एउटै र एकै खालको हुने हो, बाटो बनाउँदा कम्युनिष्ट र कांग्रेस हिँड्ने छुट्टाछुट्टै लेन हुन्न, संसारमा कही यस्तो उदाहरण छैन ।”
मन्त्री बाँस्कोटाले जनतालाई गुठीको समस्यामा अल्झाइरहनु नहुने बताए । “जनतालाई सधैँ यथास्थितिमा रिङ्ग्याइरहनु हुँदैन, गुठीलाई व्यवस्थित गरी हाम्रो भावी पुस्तालाई सुरक्षित गर्नुपर्छ”, उनले भने । उनले तार जोड्न, टेलिफोन, ऋण झिक्न, खानेपानी जोड्न नक्सापास नभएकालाई सेवा नदिने सरकारी नीतिअनुसार नागरिकलाई सधैँ तनावमा राख्ने नहुने बताए । उनले भने, “हजुरबाउले, कुप्राबाउले सधैँ तनावै तनाव व्यहोर्दै आए, अब हामी छोराछोरी, नातिनातिनी, पनाती पनातिनीलाई तनावमा पु¥याउनुहुन्न ।”
मन्त्री बाँस्कोटाले गुठी विधेयक ल्याउनै नपर्ने, छलफल नै हुनुनपर्ने भन्नेहरु विषयप्रति प्रष्ट नभएकाले एकोहोरो विरोध गरेको दाबी गरे । “न्यून कर तिरेर खाइरहेकाको टाउको दुखेको हुनुपर्छ, गुठीयारले खाएको भाग खोसिएला भनेर अत्तालिएका हुन्”, उनले भने । उनले नेपालमा कति गुठी छन् भन्नेबारे गुठी संस्थानलाई नै थाहा नभएको दाबी गरे । “देशभरि झण्डै पाँच हजार सङ्ख्यामा गुठी रहेको रेकर्ड छ, हजारौँ वर्षदेखि जोतपोत गर्दै आएकालाई व्यवस्थित गर्नुपर्छ ।”
मन्त्री बाँँस्कोटाले नेपाल टेलिकमका सेवा अन्यभन्दा सुरक्षित भएको बताए। “देश विकास, प्रगति तथा सरकारका गतिविधि बुझ्न इन्टरनेट आवश्यक छ”, उनले भने । उनले यो वर्ष उच्चगतिको फोरजी इनटरनेट सेवाको विस्तार शुरु भएको बताए ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विकास र सुमृद्धिको यात्रामा प्रविधिले मुख्य भूमिका खेल्ने बताउनुभयो । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका निमित्त निर्देशक राजेश उप्रेतीले टेलिफोनको गुणस्तरीय सेवामा आफूहरु प्रतिबद्ध रहेको दाबी गरे । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड वायरलेस, ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोद परमारले सिपाघाट टेलिफोन एक्सचेञ्जमा १२८ लाइन तथा इन्टरनेट (एडीएसएल) क्षमता तथा काभ्रेपलाञ्चोकमा फोरजी इन्टरनेट सेवाका लागि ५८ टावर राखिने जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार
नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने
असोज ३, २०८१ बिहिबार
‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओली सहभागी
असोज ३, २०८१ बिहिबार