राष्ट्रिय परिचयपत्रका लागि छलफल
इन्द्र रिजाल
असार १, २०७६ आइतबार १३:३:२
खस्यौली । राष्ट्रिय परिचयपत्र सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तालाई प्रभावकारी बनाउन शनिबार भैरहवामा छलफल भएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता ल्याउन, राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको कार्यान्वयन, पञ्जीकरण व्यवस्थापनको अझ प्रभावकारी कार्यान्वयनको उद्देश्यले छलफल शुरु गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले बताए।
उनले सबै नागरिकको एकीकृत अभिलेख राख्ने प्रणालीको विकास गर्न पञ्जीकरण आवश्यक भएकोमा जोड दिँदै राष्ट्रिय परिचयपत्र वितरणले करछली र गैरकर राजश्व व्यवस्थापन हुने उल्लेख गरे ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेलले व्यक्तिगत घटना दर्तामा धेरै जिल्लामा समस्या आएको उल्लेख गर्दै विदेशीलाई पनि अभिलेखीकरण गर्न आवश्यक भएको बताए ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमा आचार्यले बुटवल उपमहानगरपालिकाले आफैँ अभिलेखीकरणको प्रक्रिया शुरु गरेको जानकारी दिए । बुटवल उपमहानगरपालिकाका प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बुटवलमा एक महीनामा ८० व्यक्तिगत घटना दर्तामा संशोधनको विषय आएको उल्लेख गरे।
नागरिकको जैविक तथा वैयक्तिक विवरण र विद्युतीय चिप एवं सुरक्षणसहितको राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गरिएको वायोमेट्रिक स्मार्ट कार्डलाई राष्ट्रिय परिचयपत्रका रुपमा लिइएको छ ।
यसको प्रयोग विश्वका १०० देशमा भएको छ । विसं २०७५ मङ्सिर ३ गतेदेखि पाँचथरबाट राष्ट्रिय परिचयपत्रको वितरण शुरु भएको थियो ।
सरकारले आगामी वर्ष १५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्दै छ । खासगरी प्रदेश नं ५ को गुल्मी, कपिलवस्तुका साथै मोरङ, झापालगायतका जिल्लामा सो परिचयपत्र वितरण हुनेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपहाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर
पुष २५, २०८१ बिहिबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
वेस्ट मिन्स्टर कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कोइराला बेलायत प्रस्थान
पुष २५, २०८१ बिहिबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुष २५, २०८१ बिहिबार
गहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार