रसुवागढीमा आजदेखि ‘ब्रोकर मोडल’ सञ्चालन
इन्द्र रिजाल
असार १, २०७६ आइतबार १४:३९:१
रसुवा । रसुवागढी भन्सार कार्यालयमा आइतबारदेखि ‘ब्रोकर मोडल’ सञ्चालनमा आउने भएको छ । भन्सारमा हुने कारोबारलाई पारदर्शी बनाउनका लागि आसिकुडा वर्ल्ड सिस्टमको ब्रोकर मोडल सञ्चालनमा ल्याउन लागिएको हो ।
ब्रोकर मोडलले भन्सार कार्यालयका कर्मचारी र व्यवसायी दुवैलाई जिम्मेवार बनाउने छ । यसले कार्यालयमा कामको चाप घट्नेछ । आयातकर्ता, प्रतिनिधि वा भन्सार एजेन्टले ब्रोकर मोडलबाट मालवस्तुको घोषणा गर्नेछन् ।
यो प्रणालीले भन्सार कर्मचारी र व्यावसायीबीचको दूरी पनि बढाउनेछ । यसका लागि व्यावसायी तथा एजेन्टले पासवर्ड पाउँछन् । त्यही सफ्टवेयर प्रयोग गरेर उनीहरूले जहाँबाट पनि सामग्रीको घोषणा गर्न सक्छन् । घोषणा गर्नुपूर्व उनीहरूले सामग्री अनुसार महसुल हेर्नुपर्छ ।
यसका लागि पहिलो एजेन्टको रूपमा सापकोटा प्रोभिजनल एण्ड फर्वाडिङका माधव प्रसाद सापकोटाले अनुमति पाउनु भएको छ । भन्सारमा हुने कारोबारलाई स्वच्छ र पारदर्शी बनाउनका लागि यो मोडल सञ्चालनमा ल्याउन लागिएको प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले बताए।
‘भारतसँग सीमा जोडिएका क्षेत्रका भन्सार कार्यालयमा यो मोडल पहिलेदेखिनै सञ्चालनमा थियो, उनले भने, यहाँ हामीले पहिलो पटक सञ्चालन गर्दै छौँ ।’ यसले व्यावसायी तथा भन्सार कर्मचारीलाई थप जिम्मेवार बनाउने छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात
असोज ११, २०८१ शुक्रबार
वीरगन्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात
असोज १०, २०८१ बिहिबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार