औलोरोगको जोखिमबाट बच्न गर्भवतीलाई कीटनाशक झुल
इन्द्र रिजाल
असार १, २०७६ आइतबार १५:४१:१६
बैतडी । औलोरोगको जोखिममा रहेको बैतडीको तल्लोस्वराडमा क्षेत्रका गर्भवती महिलालाई किटनाशक झुल वितरण गरिएको छ ।
बैतडीको शिवनाथ गाउँपालिकाले वडा नं १, २ र ३ मा रहेका ४० गर्भवतीलाई कीटनाशक झुल वितरण गरेको प्रस्तावित श्रीपुर स्वास्थ्यचौकीका अहेव मोहन कलौनीले बताए।
लामुखुट्टेको टोकाइबाट औलोरोग सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बचाउन गर्भवतीलाई झुल वितरण गरिएको होे ।
लामखुट्टे हुर्कन सक्ने खालको वातावरण हुँदा पहाडी क्षेत्रमा समेत औलोको जोखिम बढेको छ ।
गत वर्ष शिवनाथमा तीन जनामा औलोरोग देखापरेको थियो । औलोरोग नियन्त्रण गर्ने उद्देश्यसहित झुल वितरण गरिएको हो । यस्तै दुई वर्षमुनिका बालबालिका रहेका १४० परिवारलाई तरकारीको बीउ वितरण गरिएको छ । तरकारीबाट पोषणमा सुधार ल्याउनका लागि तरकारीको बीउ वितरण गरिएको शिवनाथ गाउँपालिकाले जनाएको छ ।
औलोरोग लागेमा उच्च ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी आउने तथा समयमा उपचार हुन नसके बिरामीको मृत्युसम्म हुनसक्ने भएकाले समयमै सचेत रहन पनि स्वास्थ्य कार्यालयले सबैमा आग्रह गरेको छ । यस्ता लक्षण देखिएकामा अनिवार्यरूपमा नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्य जाँच गराउन स्वास्थ्य कार्यालयले आग्रह गरेको हो ।
आफ्नो शरीरमा औलोको संक्रमण जान्न रक्त परीक्षण अनिवार्य भएको भन्दै स्वास्थ्य कार्यालय बैतडीका डा जगदीशचन्द्र विष्टले स्वास्थ्य संस्थामा गई निःशुल्क रक्त परीक्षण गराउनसमेत आग्रह गरे।
स्वास्थ्यकर्मीका अनुसार एनोफिलिस जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेर एक मान्छेबाट अर्को मान्छेमा औलो रोग सर्ने गर्दछ । औलोरोग रोकथामका लागि सुत्दाखेरी झुलको प्रयोग गर्ने, सरसफाइमा ध्यान दिने, घरवरिपरि भएका पानीका खाल्डाखुल्डी पुर्नुपर्दछ ।
सरकारले औलो कार्यक्रमको रणनीतिक योजना सन् २०१४–२०२५ अनुसार सन् २०२६ भित्रै राष्ट्रलाई औलो उन्मूलन क्षेत्र घोषणा गर्ने रणनीति तयार पारिसकेको छ । सरकारले रणनीतिअनुसार औलो प्रभावित क्षेत्रलाई सन् २०१८ भित्र शून्यमा झार्ने लक्ष्य लिए पनि पूरा हुनसकेको छैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपहाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर
पुष २५, २०८१ बिहिबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
वेस्ट मिन्स्टर कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कोइराला बेलायत प्रस्थान
पुष २५, २०८१ बिहिबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुष २५, २०८१ बिहिबार
गहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार