ब्यापार ओरालो लागेपनि ट्रम्पको सम्पत्ति बढेर ३ अर्ब डलर
इन्द्र रिजाल
असार १, २०७६ आइतबार १९:५२:३५
एजेन्सी । लगातार दुई वर्ष घटेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पति बढेर अब सन् २०१६ कै स्तरमा आएको छ। ट्रम्पको सम्पत्ति बढेर तीन अर्ब डलर पुगेको छ। उनको सम्पत्ति गत वर्षको तुलनामा ५ प्रतिशत बढेको देखिएको छ।
पारिवारिक कम्पनीको ब्यापारमा गिरावट आएपनि ट्रम्पको सम्पत्ति भने बढेको हो। नयाँ दुई होटल चेन स्थगित हुनु तथा उनको फ्लोरिडास्थिल रिसोर्ट र सातवटा गल्फ कोर्सको ब्यापरमा कमी आउनुले उनको ब्यवसाय मन्द देखिएको हो।
ट्रम्पको सम्पत्ति बढ्नुमा रियल स्टेटको हात रहेको छ। म्यानहटन, क्यालिफोर्निया र सान फ्रान्सिसकोमा रहेका टावरहरुको कमाईबाट ट्रम्पको सम्पत्ति बढेको हो। यी अफिस बिल्डिङमा भएको बिजनेस डिलले नै ट्रम्पको निजी सम्पति बढाउन भूमिका खेलेको छ।
उनले आफ्ना साथी स्टेभेन रोथसँग मिलेर भोरनाडो रियल्ट्री ट्रस्ट चलाएका छन्। भोर्नाडोको प्रोपर्टीमा ट्रम्पको ३० प्रतिशत हिस्सा रहेको छ। भोर्नाडोसँगको साझेदारीले नै ट्रम्पलाई फेरि सम्पत्ति बढाउन मद्दत पुगेको हो।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
वेस्ट मिन्स्टर कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कोइराला बेलायत प्रस्थान
पुष २५, २०८१ बिहिबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुष २५, २०८१ बिहिबार
गहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार