१३ औ दक्षिण एसियाली गर्न ५ अर्व २५ करोड आवश्यक !
इन्द्र रिजाल
असार १, २०७६ सोमबार ०:२७:४६
काठमाडौं । आसन्न १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजना गर्न करिब ५ अर्व २६ करोड रुपैयाँ अनुमानित बजेट प्रस्ताव गरिएको छ । खेलकुद मन्त्री जगत विश्वकर्मा संयोजकत्वको प्रतियोगिता तयारी तथा व्यवस्थापन समितिले गठन गरेको बजेट निर्माण कार्यदलले बिज्ञसंग छलफल गर्दै झण्डै साढे ५ अर्वको अनुमानित बजेट पेश गरेको हो ।
कार्यदल संयोजक तथा राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले अनुमानित बजेटको प्रतिवेदन आइतबार सिंहदरबारमा मन्त्री विश्कर्मालाई हस्तान्तरण गरे । यसअघि बसेको प्रतियोगिताको तयारी तथा व्यवस्थापन समितिको बैठकमा राखेप सदस्य सचिव केशवकुमार विष्टले करिव साढे ३ अर्वमा साग आयोजना गर्न सकिने बताएका थिए । तर कार्यदलले झण्डै दोब्बर बजेट अनुमान गर्दै प्रतिवेदन पेश गरेको छ ।
कार्यदलले विभिन्न १७ समितिको शीर्षक राखेर अनुमानित बजेट निर्धारण गरेको छ । बजेट प्रतिबेदन बुझ्दै मन्त्री विश्वकर्माले सागको तयारी तिव्र रुपमा भइरहेको जानकारी दिए । सागमा भाग लिनका लागी सहभागी राष्ट्रहरुलाई आमन्त्रण पत्र पठाइसकेको उनले बताए । मन्त्री विश्वकर्माले तयारी समितिले पनि छिटै पूर्णता पाउने बताए ।
कार्यदलका अनुसार राष्ट्रिय टिम तयारीमा ८८ करोड १२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । यस्तै, खेलस्थल व्यवस्थापनमा ३ करोड ११ लाख, प्राविधिक कामका लागि ३० करोड ४० लाख, स्रोत साधन परिचालनमा २० लाख, सुरक्षामा ५० करोड २६ लाख, आवासमा ४५ करोड ५२ लाख, यातायातमा १५ करोड ७ लाख, स्वास्थ्य समितिमा ३ करोड ४३ लाख लाग्ने अनुमान गरिएको छ ।
त्यस्तै प्रचार प्रसारमा ८ करोड ९५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यस्तै, समारोहमा ७१ करोड ४६ लाख, स्वयंसेवक परिचालनमा २ करोड, अतिथि सत्कारमा १ करोड २९ लाख, खेल सामाग्रीमा १ अर्व २९ करोड, एन्टि डोपिङ्गमा ३ करोड ५४ लाख, आयोजक समितिमा २७ करोड, आईटी व्यवस्थापनमा १९ करोड र विविधमा २५ करोड बजेट अनुमान गरिएको छ । २७ खेल सम्मिलित साग गेम्स मंसिर १५ देखि २७ गतेसम्म हुँदैछ । जसका लागि पुर्वाधारको काम पनि भइरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार