विश्वकप क्रिकेट : दोस्रो जितको खोजीमा वेष्ट इण्डिज र बंगलादेश !
इन्द्र रिजाल
असार २, २०७६ सोमबार १४:२१:३४
एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज ‘सोमबार’ एक खेल हुँदैछ ।
इंग्ल्याण्डको टाउनटनमा हुने एक मात्र खेलमा उपाधि दाबेदार वेष्ट इण्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा सुरु हुनेछ ।
कोपर एसोसियट्स काउन्टी मैदानमा दुवै टिम जित निकाल्दै शीर्ष चारको होडमा आफुलाई कायम राख्न चाहन्छ । दुवै टिम दोस्रो जितको खोजीमा हुने छन् ।
वेष्ट इण्डिजले ४ खेलबाट ३ अंक जोडेको छ । वेष्ट इण्डिजले २ खेलमा हार व्यहोर्दा एक जित निकालेको छ । वर्षाको कारण वेष्ट इण्डिजले एक खेलमा अंक बाँडेको थियो । तर, वेष्ट इण्डिज पाँचौ खेलमा बंगलादेशलाई हराएर आफ्नो खराब यात्रामा पूर्णबिराम लगाउन चाहन्छ ।
यस्तै बंगलादेशले पनि ४ खेलबाट ३ अंक जोडेको छ । बंगलादेश पनि वेष्ट इण्डिजलाई हराउँदै आफुलाई उपाधि दाबेदारको रुपमा प्रस्तुत गर्न चाहन्छ । बंगलादेशले ४ खेलमा २ खेलमा हार, एक खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेका छन् ।
दुईबीचको पछिल्लो पाँच भेटमा बंगलादेश बलियो देखिएको छ । बंगलादेशले ४ खेलमा जित निकाल्दा वेष्ट इण्डिजले एक खेलमा मात्र जित निकालेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार