मध्यमोदीकोे सुरुङ निर्माणकार्य एक महीनादेखि ठप्प
इन्द्र रिजाल
असार २, २०७६ सोमबार १६:४५:३०
पर्वत । मोदी गाउँपालिकामा निर्माणाधीन १४.५ मेगावाट क्षमताको मध्यमोदी जलविद्मुत आयोजनाको सुरुङ निर्माणकार्य चार सातादेखि ठप्प छ ।
चौधरी ग्रुपले निर्माण गरिरहेको आयोजनाको सुरुङ निर्माणकार्यमा स्थानीयवासीले अवरोध गरेपछि जेठ ८ गतेदेखि निर्माणकार्य रोकिएको हो । सुरुङ निर्माणका क्रममा बम विष्फोटन गर्दा घर संरचनामा क्षति पुगेको भन्दै उचित क्षतिपूर्ति मागेर स्थानीयवासीले सुरुङ निर्माणकार्यमा अवरोध पु¥याउँदै आएका छन् ।
आयोजना र प्रभावित क्षेत्रका बासिन्दाका बीचमा सुरुङबाहेकका संरचना बनाउने कुरामा भने सहमति कायम भएपछि जेठ १९ पछि विद्मुतगृहलगायतका संरचना बनाउने काम भने भइरहेको छ ।
आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयवासीका घरमा क्षति पुगेकाले पुनःनिर्माण तथा क्षतिपूर्तिको माग स्थानीयवासीले राख्दै आएका छन् । स्थानीयवासीका घरमा पुगेको क्षति भूगर्भविद् र प्राविधिक टोलीले दिएको रिपोर्टका आधारमा क्षतिपूर्तिको रकममा पुनःमूल्याङ्कन गर्नुपर्ने वडाध्यक्ष विकास तिमिल्सिनाले बताए ।
प्रभावित क्षेत्रका बासिन्दाले प्राविधिक समितिले निर्धारण गरेको रकम थोरै भएको बताउँदै थप रकम दिन माग गर्दै आएका छन् । पर्वतको मोदीगाउँपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भइरहेको आयोजनाको दुई हजार ७०० मिटर सुरुङमध्ये दुई हजार ५०० मिटरभन्दा बढी सुरुङ निर्माणकार्य सकिएको छ । स्थानीयवासीको पटक–पटकको अवरोधले गएको मङ्सिरपछि निर्माणकार्य अघि बढ्न सकेको छैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार