सांसदलाई बजेट,चरम बेईमानी र राष्ट्रघात : साझा पार्टी
इन्द्र रिजाल
असार २, २०७६ सोमबार १८:४४:०
काठमाडौँ । संघिय संसदका सांसदलाई प्रति सांसद ६ करोड छुट्याइएको नीतिको अनुसरण गर्दै प्रदेश सरकारहरुले पनि आइतबार प्रस्तुत वार्षिक वजेटमा अर्बौं रूपैयाँ प्रदेश सांसदहरुलाई छुट्याएको घोषणाको साझा पार्टी विरोध गरेको छ।
पार्टीले एक विज्ञप्ती जारी गर्दै यो चरम बेइमानी, लोकतन्त्रको उपहास र राष्ट्रघात भएको बताएको छ ।
विज्ञप्तीमा भनिएको छ ‘लामो राजनितिक संक्रमणबाट आजित भएका जनताले शान्ति, स्थिरता र विकासको अपेक्षा गर्दै गत निर्वाचनमा सत्तारूढ दललाई अत्यधिक बहूमत दिएका थिए। संघीय संसदमा दुई(तिहाई समर्थन प्राप्त र ७ मध्ये ६ वटा प्रदेशमा नेतृत्व गरिरहेको सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन र समृद्धिका लागि लिनसक्ने आमूल परिवर्तनकारी कदमहरू लिनुको सट्टा प्रदेशदेखि केन्द्रसम्म भ्रष्टाचार र कुशासनलाई संस्थागत गर्दै जानु देशको लागि अत्यन्तै दुर्भाग्यपूर्ण अवस्था हो। यसका असरहरू दूरगामी हुनेछन् र अब नागरिकहरूले ‘मेरो पार्टी’ भनेर क्षमा दिने अवस्था छैन।
सिण्डिकेटबाट आक्रान्त नेपाली समाजमा सांसदहरूलाई विकास बजेट छुट्याएर जुन ‘राजनीतिक सिण्डिकेट’ निर्माण गर्न खोजिएको छ, त्यो सबैभन्दा घातक सिण्डिकेटमा परिणत हुनेछ। भौतिक विकासका लागि नीति, योजना र कार्यान्वयनका पक्षसँग जोडिने नयाँ कानुनको निर्माण या विद्यमान कानुनको परिमार्जनलागि सांसदहरुको भुमिका महत्वपूर्ण हुन्छ। तर सांसदहरुलाई नै पूर्वाधार आयोजनाका लागि बजेट छुट्याउनु स्पष्टरूपमा राज्यदोहन हो। यसले‘योजनावद्ध विकास’ होइन गाउँ/गाउँ, पहाड/पहाडमा ‘डोजर विनास’ मात्र निम्त्याउँछ।
अन्य देशहरुमा छिटफुट देखिने ‘पोर्क-ब्यारेल’का नाममा बदमान यस्तो नीति नेपालमा संस्थागत हुँदै गएको छ र यसको चौतर्फी विरोध गर्न साझा पार्टी राजनीतिक दल तथा आम सर्वसाधारण सबैसँग हार्दिक आग्रह गर्दछ। सांसदलाई बजेट छुट्याउने नीतिको प्रखर विरोध गर्ने सत्ताधारी र प्रतिपक्षका सांसदलाई पनि यो बजेट बहिस्कार गरी सुसंसकृत राजनीतिको सन्देश दिन साझा पार्टी आह्वान गर्दछ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपवातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल
असोज ४, २०८१ शुक्रबार
माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली कतारको दोहा पुगे
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको कीर्तिमानी दोस्रो जित, सिरिजमा कब्जा
असोज ५, २०८१ शनिबार
इत्तिफाकमाथि अल नासरको शानदार जित
असोज ५, २०८१ शनिबार
नामिबियामाथि युएईको कीर्तिमानी जित
असोज ५, २०८१ शनिबार
एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
असोज ५, २०८१ शनिबार
‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ'
असोज ५, २०८१ शनिबार
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
असोज ५, २०८१ शनिबार