सिरियामा क्षेप्यास्त्र प्रहार, १२ जना सर्वसाधारणको मृत्यु
इन्द्र रिजाल
असार २, २०७६ सोमबार २०:२३:४०
एजेन्सी । सिरियाको उत्तरपश्चिमी एक गाउँमा विद्रोही लडाकूहरुले आइतबार गरेको क्षेप्यास्त्र प्रहारबाट कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु भएको छ ।
सिरियाली सरकारी समाचार संस्था ‘साना’ का अनुसार अल–कायदा सम्बद्ध हायात तहरिर अल–शामले उक्त आक्रमण गरेको हो ।
अलेप्पो शहरको दक्षिणमा रहेको अल–वादिही गाउँमा गरिएको क्षेप्यास्त्र आक्रमणबाट अरु १५ जना गाउँले घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।
मानव अधिकारका लागि सिरियाली अब्जरभेटरीले पनि गाउँलेहरुको हत्या भएको जनाउँदै आक्रमणबाट पाँच जना बालबालिका पनि मारिएको बताएको छ ।
अलेप्पोको ग्रामीण इलाकामा लुकेर बसेका विद्रोहीले नै आक्रमण गरेको अब्जरभेटरीले जनाएको छ । अलेप्पोसँग सीमा जोडिएको हामा प्रान्तको ग्रामीण इलाकामा पनि सरकारी फौज र विद्रोहीबीच संघर्ष जारी छ ।
शनिबार भएको भिडन्तमा ३५ जना लडाकू मारिएका थिए । अलेप्पो, हामा र इडलिब प्रान्तलाई विद्रोही र सरकारी फौजबीच मध्यवर्ती क्षेत्रका रुपमा राख्न रुस, सिरिया र टर्कीबीच गएको सेप्टेम्बर महिनामा सहमति भएको थियो । तर यस सम्झौताको पूर्ण पालना भएको छैन ।
विद्रोहीहरुले तोकिएको क्षेत्रबाट हातहतियार फिर्ता लैजान अस्वीकार गरेका छन् । सन् २०११ देखि शुरु भएको सिरियाको गृहयुद्धका कारण तीन लाख ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपट्रम्पले सुसी वाइल्सलाई बनाए ह्वाइटहाउसको 'चिफ अफ स्टाफ'
कात्तिक २३, २०८१ शुक्रबार
इजरायली फुटबल समर्थकको उद्धारका लागि विमान पठाइयो
कात्तिक २३, २०८१ शुक्रबार
उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि दक्षिण कोरियाले क्षेप्यास्त्र अभ्यास गर्यो
कात्तिक २३, २०८१ शुक्रबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण
कात्तिक २३, २०८१ शुक्रबार
विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह
कात्तिक २३, २०८१ शुक्रबार
टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता
कात्तिक २३, २०८१ शुक्रबार
झापामा जुवातास खेलिरहेका १८ जना पक्राउ
कात्तिक २३, २०८१ शुक्रबार
कैलालीबाट लागूऔषधसहित चार जना पक्राउ
कात्तिक २३, २०८१ शुक्रबार
दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
कात्तिक २३, २०८१ शुक्रबार