गुठियारको प्रदर्शन चर्केपछि प्रधानमन्त्री ओलीले बोलाए बैठक, आजै महत्वपूर्ण निर्णय हुने अनुमान
इन्द्र रिजाल
असार २, २०७६ सोमबार २०:४४:५०
काठमाडौं । सरकारले सदनमा प्रस्तुत गरेको गुठी विधेयकको विरोधमा प्रदर्शन चर्केपछि प्रधानमन्त्री ओलीले काठमाडौंबाट निर्वाचित सांसदहरुलाई छलफलका लागि बोलाएका छन्।
आइतबार यूरोपबाट फर्केका ओलीले गुठी विधेयकले संस्कृतिमाथि धक्का पुगेको भए विचार गर्न सकिने अभिव्यक्ति दिएकै भोलिपल्ट सोमबार बिहान यसबारे भूमिसुधार मन्त्री पद्मा अर्यालसँग परामर्श गरेका थिए।
त्यसपछि आजै तीनबजे उपत्यकाबाट निर्वाचित नेकपाका सांसदलाई छलफलका लागि बोलाइएको बालुवाटार स्रोतले बताएको छ।
गुठी विधेयकबारे सरकारले आज ‘सोमबार’ नै महत्वपूर्ण निर्णय लिने दाबी नेताहरुले गरेका छन्। प्रधानमन्त्री निकट मानिने नेकपाका नेता योगेश भट्टराईले गुठी विधेयकका विषयमा प्रधानमन्त्रीले थप सक्रियता देखाएको र साँझसम्म राम्रो परिणाम आउने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा उनले धमिलो पानीमा माछा मर्न खोज्नेको भागमा भ्यागुत्तो मात्र हात लाग्ने बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
असोज ५, २०८१ शनिबार
तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने
असोज ५, २०८१ शनिबार
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
असोज ५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ५, २०८१ शनिबार
यस वर्ष दशैंको टीकाको साइत बिहान ११ः३६ बजे
असोज ४, २०८१ शुक्रबार
सांस्कृतिक आदानप्रदान र दिगो विकासमा पर्यटनको भूमिका महत्वपूर्णः पर्यटनमन्त्री
असोज ४, २०८१ शुक्रबार