एक महिनामै मनकामना केवलकारमा अहिलेसम्मकै सबैभन्दा बढी १ लाख ३५ हजार यात्रु
इन्द्र रिजाल
असार २, २०७६ सोमबार २२:३२:२
काठमाडौं। जेठ महिनामा मात्र मनकामना केवलकारमा १ लाख ३५ हजार २ सय ७२ जनाले यात्रा गरेका छन्।
केवलकार संचालनमा आएपछि एक महिनाको अवधिमा यतिधेरै यात्रा गरेको पहिलो पटक भएको कम्पनीको दाबी छ।
‘केवलकार संचालनमा आएको दुई दशकको अवधिमा यो वर्षको जेठमा केवलकार यात्रा गर्ने अहिलेसम्मकै सबैभन्दा बढी हो’ केवलकारका प्रवन्ध निर्देशक राजेशबाबु श्रेष्ठले भने।
उनका अनुसार चालु आर्थिक वर्षमा १२ लाखले केवलकारको यात्रा गर्ने सम्भावना छ। जेठसम्ममा ११ लाख यात्रुले केवलकारको यात्रा गरिसकेका छन्।मनकामना मन्दिर पुर्ननिर्माणपछि केवलकारमा यात्रा गर्ने समेत थपिएका छन्।
पछिल्लो समयमा यात्रुको चाप बढ्न थालेपछि कम्पनीले केही महिना अघि तीनवटा गोन्डोला(डिब्बा) थपेको थियो। तीनवटा गोन्डोला (डिब्बा) थपिएसँगै मनकामना केबलकारले कुल ३४ वटा डब्बाबाट यात्रुहरुलाई ओसारपसार गर्दै आएको छ।मनकामना दर्शनका लागि नेपाली वाहेक भारतीय पर्यटक समेत उल्लेख्य आउँछन्।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
वेस्ट मिन्स्टर कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कोइराला बेलायत प्रस्थान
पुष २५, २०८१ बिहिबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुष २५, २०८१ बिहिबार
गहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार
कफीको बेर्ना उत्पादन गर्न निर्माण गरिएको टनेल
पुष २५, २०८१ बिहिबार