चीनबाहिर ह्वावेईका मोबाइल फोन विक्री ४० प्रतिशतले घट्यो !
इन्द्र रिजाल
असार ३, २०७६ मंगलबार १२:०:३४
एजेन्सी । चिनियाँ प्रविधि कम्पनी ह्वावेईका संस्थापक रेन जेङ्फीले ह्वावेईका मोबाइल फोनहरूको अन्तर्राष्ट्रिय विक्री गत महिना ४० प्रतिशतले घटेको बताएका छन्।
अमेरिकासँग उक्त कम्पनीको बढेको तनावका बिच कम्पनीका संस्थापकले त्यसो बताएका हुन्। कम्पनीको मुख्यालयमा बोल्दै रेनले आफ्ना उत्पादनमा वार्षिक ३० अर्ब अमेरिकी डलरले कटौती गर्ने बताए।
नयाँ अमेरिकी कानुनहरूका अनुसार अमेरिकी वा अमेरिकी प्रविधि प्रयोग गर्ने कम्पनीहरूले ह्वावेईसँग काम गर्न पाउने छैनन्। दूरसञ्चार उपकरण उत्पादन गर्ने विश्वको सबैभन्दा ठूलो र स्मार्टफोनको दोस्रो ठुलो उत्पादनकर्ता ह्वावेईले सुरक्षा जोखिम सिर्जना गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ।
ह्वावेईले भने त्यसलाई अस्वीकार गर्दै आरोप लगाइए जसरी आफ्नो सूचना प्रणालीमा चीन सरकारको नियन्त्रण नहुने बताएको छ। सन् २०१९ र २०२० मा उसको विक्री एक सय अर्ब डलरमा सीमित हुने अपेक्षा गरिएको छ। यसअघि ह्वावेईले सन् २०१९ मा विक्रीको प्रक्षेपण झन्डै १२५ अर्ब डलर बराबरको गरेको थियो।
यद्यपि सन् २०२१ सम्ममा कम्पनी आफ्नो पुरानै ऊर्जासाथ ब्युँतने रेनले बताएका छन्। स्मार्टफोनको विक्री विश्वभर उल्लेख्य रूपमा घटे पनि, चीनमा त्यो निकै बढिरहेको उनको भनाई थियो।
यसअघि भने उनले अमेरिकी प्रतिबन्धले ह्वावेईलाई ठूलो असर नपार्ने बताउँदै आएका थिए। आफ्नो कम्पनीलाई निकै नराम्ररी बिग्रिएको हवाईजहाजसँग तुलना गरेका उनले कम्पनीको अनुसन्धान तथा विकासतर्फको रकम भने कटौती नगर्ने बताए।
अमेरिकाले लिएको पछिल्ला कदमका कारण विश्वभरका प्रविधि कम्पनीहरू ह्वावेईसँगको सम्बन्धमा पछाडि हट्न बाध्य भएका थिए। ब्रिटेनले भने ह्वावेईमाथि अहिलेसम्म कुनै औपचारिक प्रतिबन्ध लगाएको छैन।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
असोज ३, २०८१ बिहिबार
कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?
असोज ३, २०८१ बिहिबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार