रातमाटामा खानेपानी योजनाबाट ८४ घर उपभोक्ता लाभान्वित
इन्द्र रिजाल
असार ३, २०७६ मंगलबार १५:१७:५
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित रातमाटामा सञ्चालन गरिएको खानेपानी योजनाबाट ८४ घर उपभोक्ता लाभान्वित भएका छन् ।
गाउँपालिकाको आर्थिक वर्ष २०७५र७६ मा विनियोजन गरिएको रु ३२ लाख ५० हजार र उपभोक्ताको रु सात लाख ७८ हजार ४८६ को जनश्रमदान गरी जम्मा रु ४० लाख २८ हजार ४८६ मा खानेपानी योजना सञ्चालन गरिएको हो ।
उपभोक्ताको घरमा निर्माण गरिएको धारामा मिटर जडान गरेर खानेपानी वितरण गरिएको छ । गाउँपालिका प्रमुख भूपेन्द्र राईले गाउँमा सञ्चालित खानेपानी योजनालाई प्रभावकारी बनाउँदै खेर जाने पानीलाई सदुपयोग गर्न उपभोक्ताको धारामा मिटर जडान गरिएको बताए ।
जिल्लाका १० स्थानीय तहमध्ये खानेपानीलाई व्यवस्थित गर्न मिटर जडान गर्ने दिप्रुङ चुइचुम्मा गाउँपालिका पहिलो भएको छ । “गाउँपालिकामा खानेपानीका मुहान सुक्दै गएका छन्”, उनले भने, “भएका मुहानलाई संरक्षण गर्दै वितरीत खानेपानीलाई सञ्चित गर्न उपभोक्ताको धारामा मिटर जडान गरिएको हो ।”
लामो समयदेखि खानेपानीको समस्या रहेको याम्खामा सञ्चालित खानेपानी योजनाको ८४ घर उपभोक्तामध्ये पहिलो चरणमा ४२ घरको धारामा मिटर जडान गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष बलजीत राईले बताए । बाँकी ४२ घरमा निर्माण गरिएको धारामा असार मसान्तभित्र मिटर जडान गरिने जनाइएको छ ।
याम्खामा सञ्चालित खानेपानी योजनालाई व्यवस्थित गर्ने तयारीका साथ केही दिनभित्र मिटर रिडर र हेरालु राखिने जनाइएको छ ।
“उपभोक्ताको धारामा जडान गरिएको मिटरमा उठेको बिलको आधारमा न्यूनतम शुल्क लिने योजना बनाएका छौँ”, निर्माण उपभोक्ता समितिका अध्यक्ष राईले भन्नुभयो, “यस विषयमा गाउँपालिकासँग समन्वय गरेर निर्माण उपभोक्ता समितिले शुल्क निर्धारण गर्नेछ ।”
उपभोक्ताको घरमा निर्माण गरिएको धारामा जडान गरिएको मिटर उपभोक्ता आफँैले खरीद गरेको जनाइएको छ ।
गाउँदेखि चार किलोमिटर टाढा रहेको टुक्रेखोलाबाट ६३ मिलिलिटरको पाइपमा ल्याइएको पानी गाउँनजिकै निर्माण गरिएको ७० हजार लिटरको ट्याङ्कीमार्फत वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
याम्खाका स्थानीयवासी यसअघि खानेपानी अभावमा घण्टौँ टाढाबाट कुवा तथा खोलाबाट बोकेर ल्याएको पानी उपभोग गर्दै आएका थिए । अहिले घर–घरमा निर्माण गरिएको व्यवस्थित धारामा आएको पानी उपभोग गर्न पाएपछि हर्षित भएका छन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने याम्खामा यसअघि कादुरी र युनिसेफले खानेपानी योजना सञ्चालन गरेको थियो । उक्त संस्थाले सञ्चालन गरेको योजनाले काम नदिएपछि पुनः नयाँ योजना सञचालन गरिएको गाउँपालिकाले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपहाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर
पुष २५, २०८१ बिहिबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
पुष २४, २०८१ बुधबार
आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
पुष २५, २०८१ बिहिबार
गहुँबालीमा मल छर्दै किसान
पुष २५, २०८१ बिहिबार
मुसहरबस्तीमा आगो ताप्ने व्यवस्था
पुष २५, २०८१ बिहिबार
कफीको बेर्ना उत्पादन गर्न निर्माण गरिएको टनेल
पुष २५, २०८१ बिहिबार
भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
अमेरिकाको लस एन्जलस डढेलोमा परी पाँच जनाको मृत्यु, एक हजार भन्दा बढी घर जलेर नष्ट
पुष २५, २०८१ बिहिबार