बुद्धभुमी हाइड्रोको प्रतिमेगावाट लागत १९ करोड ७० लाख, आइपिओ निष्काशन गर्न अनुमती
इन्द्र रिजाल
असार ३, २०७६ मंगलबार १६:१०:३८
काठमाडौं। प्राथमिक शेयर निष्काशनको प्रकृयामा रहेको बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले नियामकीय निर्देशन अनुसारको प्राथमिक शेयर निष्काशन गर्न मिल्ने रेटिङ प्राप्त गरेको छ।
कम्पनीले इक्रा एनपि आइपिओ ग्रेड चार प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डको पछिल्लो निर्देशन अनुसार रेटिङ चार प्राप्त गर्ने कम्पनीले मात्रै प्राथमिक शेयर निष्काशन गर्न पाउँछन्।
कम्पनीले १२ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ। कम्पनीले ५ मेगावाट क्षमताको लोअर टाँडी खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिहेको छ। आयोजनाको निर्माण कार्य अहिलेसम्म ६० प्रतिशत सकिएको छ।
प्रोजेक्टको निर्माण यहि महिना सक्ने लक्ष्य लिएको भए पनि भर्खरै ६० प्रतिशत मात्रै काम सकिएको हुँदा निर्माण सकिन अझै केही समय लाग्ने देखिएको छ। नुवाकोट जिल्लामा निर्माण भइरहेको उक्त आयोजनाको जम्मा लागत ९८ करोड ३० लाख रुपैयाँ छ। प्रतिमेगावाट लागत १९ करोड ७० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ।
आयोजनाको लागत ६५ प्रतिशत कर्जाबाट र ३५ प्रतिशत शेयर पूँजीबाट जुटाउने कम्पनीले जनाएको छ। बुद्धभुमिको चुक्ता पूँजी २७ करोड ७० लाख रुपैयाँ रहेको छ। कम्पनीमा ७९ जना संस्थापक छन्। प्रमुख शेयरधनीहरुमा प्रमोद खड्काको १९ प्रतिशत, पूर्णलाल श्रेष्ठको ११ प्रतिशत, अनिलकुमार थापाको ७ प्रतिशत हिस्सा छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपहिरोले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति
असोज १२, २०८१ शनिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
असोज ११, २०८१ शुक्रबार
जलविद्युतमार्फत विपन्नलाई सम्पन्न बनाउन सरकार लागेको छ : ऊर्जामन्त्री खड्का
असोज ९, २०८१ बुधबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार