गुठी विधेयक र लोकसेवा विज्ञापनबारे प्रधानमन्त्रीले ओलीले आज संसदमा सम्बोधन गर्ने
इन्द्र रिजाल
असार ३, २०७६ मंगलबार १६:३८:४३
काठमाडौं । चौतर्फि विरोध भइरहेको गुठी विधेयक र लोकसेवा आयोगको विज्ञापनबारे आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीले अहिले केही बेरमा प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । आइतबार युरोप भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओली गुठी विधेयकमा देखिएका समस्या समाधान गर्न लागि परेका छन् । गुठी विधेयकलाई लिएर आन्दोलन चर्केपछि त्यसलाई साम्य पार्न सोमबार प्रधानमन्त्री ओलीले भूमि सुधार मन्त्री पद्मा अर्यालसँग सोमबार छलफल गरेका हुन् ।
विधेयककका विषयमा संसद र सडक दुवै तातिएपछि प्रधानमन्त्री ओलीले संसदमा पेश गरिएको गुठीसम्बन्धी कानूनलाई एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा हिजो नै काठमाडौं उपत्यकाका नेपाल कम्यूनिष्ट पार्टी (ने क पा)का तर्फबाट प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभाका सांसद, मेयर, उपमेयर र वडा अध्यक्षहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा विधयकका बिषयमा विभिन्न सांसदहरुले आफ्नो आफ्नो राय व्यक्त गरेका थिए ।
राष्ट्रिय सभाका सत्ता पक्षका नेता दिनानाथ शर्मा ,सांसदहरु पम्फा भूसाल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, जीवनराम श्रेष्ठ, अन्जना विशंखे लगायतले मन्तव्य राखेका थिए । यसैगरी काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतले विधयकका बिषयमा आफ्नो धारणा राखेका थिए । यो विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै काठमाडौं उपत्यकाका स्थानीय आन्दोलित छन् ।
लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापनबारे पनि चौतर्फि रूपमा विरोध हुँदै आएको छ । आदिवासी, जनजाति, मधेशी, मुस्लिम, महिला, अपाङ्गता भएका व्यक्तिहरू समावेशी सिद्धान्त विपरित भएको भन्दै आन्दोलित छन् । उनीहरुले विज्ञापन रद्ध नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिँदै आएका छन् । संसद्को राज्यव्यवस्था समितिले पनि लोकसेवा आयोगको विज्ञापन रद्द गर्न निर्देशन दिइसकेको छ । लोकसेवा विज्ञापनबारे सत्तारुढ नेकपाका सांसदहरु नै विभाजन छन् । पूर्वमाओवादी पृष्ठभूमिका सांसद लोकसेवाले समितिको निर्णय पालन गर्नुपर्ने अडानमा छन् भने पूर्वएमाले पक्षधरले आफू चर्चामा आउन विषयवस्तुको गहिराइमै नपुगी समितिले निर्णय गरेको बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
असोज ४, २०८१ शुक्रबार
सहकारीको नामबाट गोरखा मिडियाको खातामा आएको साढे २२ करोडमा रवि लामिछाने संलग्न
असोज ४, २०८१ शुक्रबार
दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको कीर्तिमानी दोस्रो जित, सिरिजमा कब्जा
असोज ५, २०८१ शनिबार
इत्तिफाकमाथि अल नासरको शानदार जित
असोज ५, २०८१ शनिबार
नामिबियामाथि युएईको कीर्तिमानी जित
असोज ५, २०८१ शनिबार
एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
असोज ५, २०८१ शनिबार
‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछ'
असोज ५, २०८१ शनिबार
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
असोज ५, २०८१ शनिबार