भीरकोट मासु व्यवसायिक संघको प्रथम साधारण सभा सम्पन्न
इन्द्र रिजाल
असार ३, २०७६ मंगलबार २२:९:१७
स्याङ्गजा । भीरकोट मासु व्यवसायी संघको प्रथम साधारण सभा तमु समाजको सभाहलमा सम्पन्न भएको छ ।
प्रथम साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख छायाराम खनालले मासु व्यवसाय जोखिम संगै मर्यादीत पेशा भएको भन्दै ईमान्दारीता,व्यवहारीकताका साथ शुद्ध, सफा गुणस्तरीय मासु सेवाग्रहीलाई प्रदान गर्न आग्रह गरेका थिए । नगरपालिकामा वद्यशाला नहुनाले व्यवसायीले दुख पाएको भन्दै छिटै जग्गा खोजी वद्यशाला निर्माण गर्ने बताए । व्यवसायीहरुले मासु काट्दा खेरी निस्कने फोहोर जन्य वस्तुहरुलाई अन्यन्त्र जथावाभी नफाली व्यवस्थीत रुपमा राखी नगरपालिकाको फोहोर वोक्ने गाडीमा हाली दिन समेत नगर प्रमुख खनालले आग्रह समेत गरे ।
साधारण सभामा वोल्दै नगर उप प्रमुख सिमा केसी कर्माचायले सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखी सफा ताजा मासु विक्री गर्नु पर्ने ,व्यवसाय गर्दा अपनाउन पर्ने सवै खाले प्रक्रिया वुझी व्यवसाय गर्न आग्रह गरिन् ।
प्रथम साधारण सभामा भीरकोट यद्योग वाणिज्य संघका अध्यक्ष भक्त वहादुर क्षेत्री,भीरको पशु सेवा शाखाका प्रमुख शुशिल अर्याल,कृर्षी केन्द्र स्याङजाका प्रमुख विश्वनाथ गौतम र नगर प्रवक्ता दिपेन्द्र केसीले व्यावसायीक हक हितका वारेमा आ आफ्ना भनाई रोखेका थिए ।
भीरकोट मासु व्यवसायी संघका अध्यक्ष इनुुस मिँयाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव तारा प्रसाद अर्यालले र स्वागत उपाध्यक्ष झण्ड वहादुर अधिकारीले गरेका थिए । साथै भीरकोटका ३० जना मासृु व्यवसायीलाई एप्रोन,परीचय पत्र र प्रमाणपत्र वितरण समेत गरीएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकाठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
बुइपाका चार टोलमा ड्यू, कोक, रम, बियरलगायत पेयपदार्थमा प्रतिबन्ध
पुष २५, २०८१ बिहिबार
मुग्लिन–मलेखु सडक विस्तारका क्रममा सवारी नरोकिने
पुष २५, २०८१ बिहिबार
भूकम्पमा भत्केका विद्यालय प्रदेश सरकारले पुनर्निर्माण
पुष २५, २०८१ बिहिबार
अमेरिकाको लस एन्जलस डढेलोमा परी पाँच जनाको मृत्यु, एक हजार भन्दा बढी घर जलेर नष्ट
पुष २५, २०८१ बिहिबार
अमेरिकामा डढेलो : पाँच जनाको मृत्यु, एक हजार ५०० भन्दा बढी घरमा क्षति
पुष २५, २०८१ बिहिबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर
पुष २५, २०८१ बिहिबार