संसदलाई छलेर बिधेयक फिर्ता लिनु नियमसंगत छैन : कांग्रेस सभापति देउवा
इन्द्र रिजाल
असार ४, २०७६ बुधबार २०:५८:२९
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले मंगलबार सदनको बैठकमा आफूले बोल्न नपाएकोमा आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख कृष्णबहादुर महरासँग समय मागेर सभापति देउवाले सदनमा अभिव्यक्ति राख्नका लागि समय लिइसक्दा पनि बोल्न नदिएको भन्दै आपत्ती जनाए ।
उनले संसदमा पेश भएको बिधेयक संसदलाई छलेर फिर्ता लिनु नियम संगत नभएको जिकिर गरे । उनले मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रजातन्त्र र लोकतन्त्रविरोधी रहेको उल्लेख गर्दै यसले संविधान प्रदत्त वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने बताए ।
देउवाले स्वतन्त्र र निष्पक्ष हुने मानवअधिकार आयोगलाई कमजोर पार्न विधेयक आएकाेमा आपत्ति जनाउँदै मानवअधिकार बिनाको प्रजातन्त्र कसरी सुदृढ हुन्छ ? भन्ने प्रश्न गरे । प्रधानमन्त्री ओलीको हालै भएको ९ दिने युरोप भ्रमण असफल भएको उनले टिप्पणी गरे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार