प्रधानमन्त्रीद्वारा नमूना मालपोत कार्यालयको उद्घाटन
इन्द्र रिजाल
असार ४, २०७६ बुधबार २१:३६:६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कलङ्कीमा निर्मित नमूना मालपोत कार्यालयको उद्घाटन गरेका छन् ।
बुधबार एक औपचारिक समारोहका बीच प्रधानमन्त्री ओलीले नमूना कार्यालयको उद्घाटन गरेका हुन् । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको नीतिअन्तर्गत कलङ्कीमा अत्याधुनिक मालपोत कार्यालय भवनको निर्माण भएको हो ।
सरकारले काठमाडौंको साँखु, पाँचथर र इलाम जिल्लामा यसै वर्षदेखि नमूना मालपोत कार्यालय सञ्चालन गर्दैछ । सरकारले पहिलो नमूना कार्यालयका रुपमा बुधबार कलङ्कीबाट सेवाको शुभारम्भ पनि गरेको छ ।
नमूना मालपोत अत्याधुनिक, प्रविधियुक्त र सरल रहेको भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्था विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले बताए ।
वि.सं. २०७५ जेठ ६ गते भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालको मन्त्रीस्तरीय निर्णयबमोजिम नमूना मालपोत कार्यालय निर्माण भएको हो । नमूना मालपोत कार्यालयलाई एकद्वार सेवा प्रणाली, अनलाइन प्रणाली, अपाङ्गमैत्री बनाइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार