सिंगापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै ६ करोड ठगी गर्ने पक्राउ
इन्द्र रिजाल
असार ५, २०७६ बिहिबार १५:२:५४
काठमाडौं । सिंगापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै ६ करोड रुपैयाँ भन्दा बढी रकम ठगीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं महानगरपालिका ४ बिशालनगरस्थित ‘द अप्रेन्टिस फर्म प्रालि’ नामको ट्रेनिङ सेन्टरका संचालक तारकेश्वरर नगरपालिका मनमैंजु बस्ने नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रविन पौडेललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
पौडेलले मासिक तलव स्केल ६ सय ५० डलर हुने काममा उक्त ट्रेनिङ सेन्टरबाट सिंगापुर पठाइदिन्छु भन्दै प्रलोभन देखाई भारतको दिल्ली र लखनउमा पानीजहाजमा काम गर्नेलाई दिइने ‘सोलास’ नामक तालिम समेत गर्न लगाई नगद ठगेर सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ पारिजातपथ एरियामा लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
पौडेलले ३ सय जना भन्दा बढी मानिसहरुबाट उक्त रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उक्त ठगी कार्यमा अन्य मानिस समेतको संलग्नता रहेको भन्ने अनुसन्धानबाट खुल्न आएकोले उनीहरूको समेत खोजी भइरहेको सो महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका-२२ बाबाकुटीबाट जाजरकोट त्रिवेणी नलगाड नगरपालिका-९ घर भएका ५० वर्षीय पृथ्वी बहादुर बिक र २५ वर्षीय बीर बहादुर बिकलाई अवैध लागूऔषध जस्तो देखिने वस्तु करिब १८ किलो ५ सय ग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नेपालगंजबाट कम्दीतर्फ जादै गरेको भे.१ ह १३९५ नम्बरको अटोरिक्सालाई जाँच गर्ने क्रममा झोलामा लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा उक्त वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, वैकिङ् कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ वैशाख १६ गतेको फैसलाले १ महिना कैद र २३ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका प्रतिवादी काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने ४२ वर्षीय प्रमोद कुमार खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं चक्रपथबाट पक्राउ गरेको हो ।
यस्तै, आर्थिक ब्यबहार मिलाउने भन्दै खड्काले प्रशान्त जैसवालसँग २३ लाख रुपैयाँ ऋण सापटी लिएको र सो रकम भुक्तान गर्नका लागि प्रयाप्त रकम हुँदै नभएको नेपाल एसबिआई बैंक शाखा कार्यालय गोंगवुको खाताको चेक फिर्ता भएको अनुसन्धानबाट खुल्न आएको सो व्यूरोले जनाएको छ ।
खड्कालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि बुधबार कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको छ ।
यस्तै प्रहरीले चन्द्रगिरी नगरपालिका नागढुङगामा डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्ने खोज्ने बर्दिया भुनिया गाउँपालिका ३ घर भएका २० वर्षीय सन्तोष अधिकारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ५६२९ नम्बरको बस जाँच गर्ने क्रममा उक्त बसमा अवैध रुपमा लुकाइछिपाई ल्याएको फेन्सी लेडिज कपडाहरु ८ बोरामा फेला पारी कारबाही गर्ने क्रममा बसका सहचालक अधिकारीले प्रहरीलाई उक्त नगद दिएर प्रलोभनमा पार्न खोजेका थिए ।
उता गुल्मीमा आफैले बोकेको बन्दुक पड्किदा एक वृद्ध घाइते भएका छन् । आफैले बोकेको बन्दुक पड्किदा कालीगण्डकी गाउँपालिका ६ तुपुङ बस्ने ७३ वर्षीय तिल बहादुर थापा मंगलबार दिउँसो घाइते भएका छन् ।
आफ्नै खेतबारीमा बादर लखेट्नको लागि बन्दुक लिई गएका उनको एक्कासि बन्दुकको सिलिङ फुत्कन गई बन्दुक पड्किँदा छर्रा लाग्न गई घाइते भएका थिए ।
उनालाई उपचारको लागि मेडिकल कलेज प्रभास पाल्पा लगिएकोमा थप उपचारको लागि भैरहवा मेडीकल कलेज रुपन्देही पठाइएको छ ।
यस्तै, उदयपुर चौदण्डिगढी नगरपालिका.७ लाटी खोलास्थित सडकमा बा.२ क ७०९ नम्बरको ट्रिपरले स.४ प ३६१ नम्बरको मोटरसाकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौदण्डिगढी नगरपालिका ४ बर्खेडाँडा बस्ने ३६ वर्षीय खगेन्द्र राई र सोही मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय जिवन राईको घटनास्थलमै मृत्यु भएको छ ।
ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देही, सिद्धार्थनगर नगरपालिका-३ खजहनास्थित सडकमा लु.२ प २१५८ नम्बरको मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी सिद्धार्थनगर नगरपालिका-१ रानीगाउँ बस्ने ३० वर्षीय संगीता शाहानीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ ।
मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धना स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअमेरिकी जनरल फर्किएपछि किन नेपाल आउँदैछन भारतीय सुरक्षा अंगका उच्च अधिकारी ?
कात्तिक २८, २०८१ बुधबार
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
कात्तिक २०, २०८१ मंगलबार
पेस्तोलसहित खाजा घर छिरेका सेनाका जवान पक्राउ
कात्तिक ११, २०८१ आइतबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
पुटिनद्वारा उत्तर कोरियासँगको रक्षा सम्झौतालाई अन्तिम रूप प्रदान
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एलन मस्कलाई ट्रम्पले दिए महत्त्वपूर्ण जिम्मेवारी
कात्तिक २८, २०८१ बुधबार
हिउँदमा गाईवस्तुलाई खुवाउन घाँसको जोहो
कात्तिक २८, २०८१ बुधबार
जाडोमा कपाल फुट्न थालेको छ भने यो चिजले मसाज गर्नुहोस, कुनै हानि हुँदैन
कात्तिक २८, २०८१ बुधबार
सेती नदीमा जलविहार गर्दै पर्यटक
कात्तिक २८, २०८१ बुधबार
भक्तपुरमा पाँचदिने महोत्सव हुने
कात्तिक २८, २०८१ बुधबार
अमेरिकी जनरल फर्किएपछि किन नेपाल आउँदैछन भारतीय सुरक्षा अंगका उच्च अधिकारी ?
कात्तिक २८, २०८१ बुधबार