बङ्गलादेशको व्यापार घाटा १३ अर्ब ४८ करोड अमेरिकी डलर !
इन्द्र रिजाल
असार ५, २०७६ शुक्रबार २:२५:४१
एजेन्सी । बङ्गलादेशको आयातका तुलनामा निर्यातमा आएको महत्वपूर्ण वृद्धिका कारण यहाँको व्यापार घाटामा आर्थिक बर्ष २०१८/०१९ को १० महिनामा उल्लेख्य कमी आएको यहाँको केन्द्रीय बैंक ‘बङ्गलादेश बैंक’ ले बिहीबार जनाएको छ ।
अघिल्लो आर्थिक बर्षको पहिलो १० महिनाको तुलनामा चालु आर्थिक बर्षमा व्यापार घाटामा १० दशमलव ४४ प्रतिशतले कमी आएको बैंकको दावी रहेको छ ।बङ्गलादेशको केन्द्रीय बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको जुलाईदेखि अप्रिलसम्ममा व्यापार घाटामा १० दशमलव ४४ प्रतिशतले कमी आउँदा बङ्गलादेशको व्यापार घाटा १३ अर्ब ४८ करोड अमेरिकी डलर पुगेको छ ।
उक्त अवधिमा बङ्गलादेशको आयात खर्च ४७ अर्ब १० करोड पाँच लाख अमेरिकी डलर पुगेको छ यो अघिल्लो बर्षको तुलनामा ३ दशमलव ८८ प्रतिशतको वृद्धि हो । जबकी निर्यातबाट भएको आम्दानीमा ११ दशमलव १५ प्रतिशत वृद्धि भई ३३ अर्ब ४३ करोड अमेरिकी डलर पुगेको छ ।
आर्थिक बर्ष २०१७/०१८ मा बङ्गलादेशको व्यापार घाटा व्यापक मात्रामा बढेको थियो । दक्षिण एशियाली यो मुलुकको सामान निर्यातका कारण भएको व्यापार सन्तुलनमा विस्तार भै गत आर्थिक बर्षमा १८ अर्ब २६ करोड अमेरिकी डलर पुगेको थियो । जुन आर्थिक बर्ष २०१६/०१७ मा ९ अर्ब ४७ करोड अमेरिकी डलर रहेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
कडा सुरक्षाका बीच जम्मू कश्मीरमा पहिलो चरणको मतदान जारी
असोज २, २०८१ बुधबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
असोज ३, २०८१ बिहिबार
कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?
असोज ३, २०८१ बिहिबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार