चिनियाँ राष्ट्रपति सी जिनपिङको उत्तर कोरिया भ्रमण केमा केन्द्रित होला ?
इन्द्र रिजाल
असार ५, २०७६ शुक्रबार ४:१५:२६
एजेन्सी । दुई दिने राजकीय भ्रमणका लागि उत्तर कोरिया पुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङले प्योङ्याङमा उत्साहजनक स्वागत पाएका छन्।
उनलाई एअरपोर्टमा उत्तर कोरियाली नेता किम जङ-अन र हजारौँ मानिसहरूले स्वागत गरेका थिए। खुला छत भएको कारमा उभिएर अघि बढेका राष्ट्रपति सीलाई सडक छेउमा उभिएका मानिसहरूले समेत दोहोर्याएर स्वागत गरेका थिए।
बीबीसी संवाददाता रोबिन ब्रान्टका अनुसार चिनियाँ राष्ट्रपति र नेता किमबीच पहिलो चरणको वार्ता भएको छ। उनीहरूका कुराकानी उत्तर कोरियाली परमाणु र क्षेप्यास्त्र कार्यक्रम र उत्तर कोरियामाथि लागेका प्रतिबन्धमा केन्द्रित हुने ठानिएको छ।
पछिल्ला १५ महिनामा उनीहरूबीच पाँच पटक बैठक भए पनि प्योङ्याङमा भेटवार्ता भएको भने यो पहिलो पटक हो। चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम हाल अमेरिकासँग आ(आफ्नै किसिमका विवादमा रहेका छन्।
गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको वार्ता बिना कुनै सम्झौता टुङ्गिएपछि किम र सी बीच भएको यो पहिलो भेटघाट हो। आगामी हप्ता जापानमा हुने विश्वका २० प्रमुख अर्थतन्त्रहरूको सम्मेलनमा सी र ट्रम्पबीच छलफल हुँदैछ।
लामो समयदेखि एकअर्काका सहयोगी राष्ट्रको भूमिका खेल्दै आएको चीन र उत्तर कोरियाको सम्बन्ध पछिल्लो दशकमा भने तनावपूर्ण रहँदै आएको छ। बेइजिङले उत्तर कोरियाको परमाणु महत्त्वाकाङ्क्षालाई आलोचनात्मक दृष्टिकोणबाट हेरेपछि त्यस्तो समस्या उत्पन्न भएको हो।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार