रसुवागढी जलविद्युत आयोजनाको सुरुङ भत्किएर थुनिएका १७ मजदुरको सकुशल उद्धार
इन्द्र रिजाल
असार ६, २०७६ शुक्रबार १४:३४:३७
रसुवा । निर्माणाधिन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा पहिरो जाँदा थुनिएका १७ मजदुरको सकुशल उद्धार भएको छ ।
तीन नम्बर सुरुङको प्रवेश मार्गमा बिहीबार राती साँढे ८ बजे सुख्खा पहिरो गएपछि मजदुर थुनिएका थिए । उनीहरु सुरुङको १०० मिटर भित्र थुनिएका थिए ।
सुरुङभित्र ११ नेपाली र ६ चिनियाँ मजदुरले काम गरिरहँदा माथिबाट चट्टानसहितको पहिरो झरेर सुरुङमार्ग थुनिएको थियो । उनीहरुलाई राति साढे १० बजेतिर अर्को सुरुङबाट गएर सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
प्रहरीले तीन नम्बर सुरुङ बाहेक अन्यत्र काम भैरहेको जनाएको छ । नेपाल–चीन सीमा क्षेत्र रसुवागढी नजिकै एक सय ११ मेगावाटका जलविद्युत् आयोजना निर्माण भइरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
सहकारी ठगी प्रकरणः रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
संघीय संसदका ५ समितिको बैठक बस्दै, यस्तो छ छलफल हुने कार्यतालिका
पुष २६, २०८१ शुक्रबार
वडाध्यक्षको तरकारीखेती मोह
पुष २६, २०८१ शुक्रबार
कृषि विकास बैंकले सस्तोमा जग्गा लिलाम गरेको विरोधमा लहानका स्थानीय आन्दोलित
पुष २६, २०८१ शुक्रबार
लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार