उत्तर कोरियाको भ्रमण सकेर चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता
इन्द्र रिजाल
असार ६, २०७६ शुक्रबार २२:५४:२८
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको औपचारिक भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका छन् ।
चिनियाँँ समाचार समिति सिन्ह्वाले उत्तर कोरियाको राजधानी प्योङयाङबाट यो समाचार सम्प्रेषण गरेको छ । चिनियाँँ राष्ट्र प्रमुखबाट १४ वर्षपछि यो पहिलो पटक उत्तर कोरियाको भ्रमण भएको पनि उक्त समाचारमा जनाइएको छ ।
राष्ट्रपति सी चीनको दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार प्योङयाङ पुगेका थिए । त्यहाँ उनले उत्तर कोरियाली नेता किम जोङ अनसँग द्विपक्षीय वार्ता गरे ।
चीन र उत्तर कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको यस वर्ष यी दुई देशले ७० औँ वर्षगाँठ मनाइरहेका छन् । यसै उपलक्ष्यमा चिनियाँँ राष्ट्रपति सी उत्तर कोरियाको औपचारिक भ्रमणका लागि पुगेको बताइएको छ ।
चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम जोङ् अनको उपस्थितिमा दुबै देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउने सम्बन्धी एक सम्झौतामा पनि बिहीबार हस्ताक्षर भएको थियो ।
आर्थिक तथा पराम्परागत सम्बन्ध कायम रहँदै आएका यी दुई देशबीच राष्ट्रपति सिको यस भ्रमणबाट परम्परागत सम्बन्धमा नयाँ अध्याय शुरु भएको प्रतिक्रिया राष्ट्रपति सिले दिएका छन् ।
राष्ट्रपति सिले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको धारणा उत्तर कोरियामा रहँदा व्यक्त गरेका थिए ।
चीन र उत्तर कोरियाबीचको असल सम्बन्धले दुई देश र ती देशका नागरिकका साथै विश्व तथा क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका लागि पनि प्रत्यक्ष रुपमा लाभ पुग्ने धारणा चिनियाँ राष्ट्रपति सिले राखेका थिए ।
उनले आफ्नो भ्रमणको एक दिन अघि उत्तर कोरियाको सरकारी पत्रिका रोडोन सिनमुनमा बुधबार प्रकाशित आफ्नो लेखमा सो कुरा उल्लेख गरेका थिए । सिन्ह्वा
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
कडा सुरक्षाका बीच जम्मू कश्मीरमा पहिलो चरणको मतदान जारी
असोज २, २०८१ बुधबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
कस्तो छ आजको मौसम ?
असोज ३, २०८१ बिहिबार
कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?
असोज ३, २०८१ बिहिबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार