इण्डोनेसियामा ग्यास लाइटर उद्योगमा आगलागी हुँदा २२ जनाको मृत्यु
इन्द्र रिजाल
असार ७, २०७६ शनिबार १४:४५:२१
एजेन्सी । इण्डोनेसियाको उत्तरी सुमात्रा क्षेत्रमा रहेको ग्यास लाइटर उद्योगमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका इण्डोनेसियाली अधिकारीले जनाएका छन् ।
उत्तरी सुमात्रा प्रान्तको बिन्जाइ शहरमा रहेको उक्त लाइटर उद्योगमा शुक्रबार बिहान ११ः३० बजे आगलागी भएको हो । बिन्जाइ विपत् नियन्त्रण कार्यालयका कर्मचारी ओकीलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले घटनाबारे भनेका छन्, “लाइटर उद्योगको भण्डार क्षेत्रबाट आगलागी शुरू भएको र यसबाट कम्तीमा २२ जनाको मृत्यु भएको छ । उक्त घटनामा थप केही व्यक्तिलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।”
मृतकका शरीर अन्तिम परीक्षणका लागि नजिकको सरकारी अस्पतालमा लगिएको छ । साथै स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा आगलागी करीब दुई घण्टापछि नियन्त्रणमा लिइएको छ ।
एक प्रत्यक्षदर्शीका अनुसार आगलागी हुनुभन्दा पहिले ठूलो विस्फोटको आवाज सुनिएको र उक्त अवसरमा उद्योगमा कार्यरत प्राय सबै श्रमिक कोठाभित्र रहेका थिए । घटनाबारे प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार