चीनको शानदोङ क्षेत्रमा लामो खडेरी, जनजीवन प्रभावित
इन्द्र रिजाल
असार ७, २०७६ शनिबार १४:५८:३३
एजेन्सी । चीनको पूर्वी शानदोङ प्रान्तमा यस वर्ष लामो खडेरीका कारण सामान्य जनजीवन प्रभावित बनेको छ ।जुन १८ सम्म खडेरीका कारण करीब छ लाख ५६ हजार ६६७ हेक्टर क्षेत्रफलमा लगाइएको खाद्यान्न तथा तरकारीबालीलगायतका अन्य व्यावसायिक खेतीमा समेत व्यापक प्रभाव परेको शानदोङ प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी प्रभावितका लागि राहत वितरण केन्द्रले शुक्रबार जनाएको छ ।
शानदोङका अधिकारीले खडेरीका कारण जनमानसमा परेको तथा आगामी दिनमा पर्ने प्रभावलाई सम्बोधन गर्न आपत्कालीन प्रबन्धकीय कामलाई अभियानका रूपमा सरकारले अघि बढाएको छ ।
उक्त प्रान्तमा यस वर्ष गत वर्षको तुलनामा अत्यन्यै कम पानी परेको बताइएको छ । अधिकारीका अनुसार शानदोङमा यस वर्ष १०१.२ मिलिमिटर मात्रै पानी परेको छ, जुन गत वर्षको तुलनामा ३७ प्रतिशत कमी हो ।
यस वर्ष शानदोङ प्रशासनले १४ करोड १० लाख अमेरिकी डलर खडेरी–सहायता कोष खडा गरी परिचालनमा ल्याएको छ भने खडेरीको प्रभाव कम गर्ने अभियानमा करिब १५ लाख २० हजार सम्बन्धित व्यक्ति परिचालन गरिएको छ । चीनको मौसम विज्ञान अधिकारीले उक्त प्रान्तमा निकट भविष्यमा पनि थोरै मात्र बर्षा हुने अनुमान गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपइरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार