अमेरिकी रक्षामन्त्रीमा एस्पर नियुक्त, इरानसँगको विवाद कसरी सुल्झेला ?
इन्द्र रिजाल
असार ७, २०७६ शनिबार १९:५९:१५
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क एस्परलाई शुक्रबार अमेरिकाको रक्षामन्त्रीमा नियुक्त गरेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालयले शुक्रबार सो जानकारी दिएको हो । सो जानकारीअनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको विवादकाबीच शुक्रबार उनलाई रक्षामन्त्री नियुक्त गरेका हुन् । पछिल्लो समयमा अमेरिका र इरानबीच निकै ठूलो विवाद जारी रहेको बताइन्छ । अमेरिकाले इरानलाई आफ्ना ट्यांकरमा आक्रमण गरेको र आफ्नो ड्रोनमाथि हमला गरी खसालिदिएको बताएको छ ।
रक्षामन्त्रीमा नियुक्त एस्पर अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको कार्यबाहक प्रमुखका रुपमा नियुक्त भएका थिए । त्यसको केही समयपछि राष्ट्रपति ट्रम्पले उनलाई नै रक्षामन्त्रीमा नियुक्त गरेको ह्वाइट हाउसले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो । गत वर्षको डिसेम्बरदेखि अमेरिकामा रक्षामन्त्री थिएनन् । उक्त मन्त्रालयमा काम चलाउ मन्त्रीका रुपमा नियुक्त गरिँदै आइएको थियो ।
गत वर्षको डिसेम्बर महिनामा तत्कालीन रक्षामन्त्री जेम्स म्याटिस्ले राजिनामा दिएपछि त्यहाँ रक्षामन्त्री थिएनन् । गत डिसेम्बर महिनामा राष्ट्रपति ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाउने निर्णय अकस्मात गरेको बताइएको थियो ।
सो निर्णयबाट असहमत भएर तत्कालीन रक्षामन्त्री म्याटिस्ले अकस्मात पदबाट राजिनामा दिएको समाचार आएको थियो । एस्पर गएको छ महिनायता पेन्टागनलाई नेतृत्व गर्ने तेस्रो व्यक्ति भएका छन् । एस्परले प्याट्रिक सानहानलाई विस्थापित गरेका हुन् ।
सानहान कार्यबाहक रक्षामन्त्रीमा नियुक्त भएपछि उनका विषयमा पनि विभिन्न प्रश्नहरु आएका थिए । उनीमाथि विशेषगरी घरेलु हिंसामा संलग्न भएकोजस्तो प्रश्न गरिएको थियो । त्यस विवादपछि उनीपनि सो पदबाट हट्परेको थियो । उनी पनि सैनिक नेतृत्वबाट आएका हुन् ।
रक्षामन्त्रीलाई अमेरिकी मन्त्रिपरिषदको सबैभन्दा महत्वपूर्ण मन्त्रीका रुपमा लिइन्छ । एक शक्तिशाली मन्त्रीका रुपमा रहेको सो मन्त्रीको नियुक्ति पछिल्लो यस्तो समयमा भएको छ, जुन समयमा पछिल्ला केही वर्षहरुभन्दा चर्को रुपमा मध्यपुर्वसँग पनि अमेरिकाको विवाद चुलिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्लो समयमा इरानसँग निकै ठूलो विवाद भएको स्वीकार गरेका छन् । उनका अभिव्यक्तिहरु सुन्दा अमेरिका इरानको आक्रमणको अवस्था देखिन्छ ।
इरानले हालैमात्र अमेरिकाको एक ड्रोनमाथि हमला गरेर इरानी भूमिमा झारिदिएको थियो । त्यसपछि अमेरिका र इरानको विवाद झन् बढेको थियो ।
इरानले सो ड्रोन आफ्नो देशको सीमानाको उल्लंघन गरी विना अनुमति आफ्नो भूमिमा प्रवेश गरेकोले हमला गरेर खसालिदिएको बताएको छ ।
तर इरानको यो भनाईको अमेरिकाले भने खण्डन गरेको छ । अमेरिकी भनाइअनुसार उसले इरानको सीमाना नाघेको थिएन । यो हमलापछि अमेरिकी ट्यांकरहरुमा इरानमा त्यहाँका अज्ञात समूहहरुले हमला गर्ने गरेका छन् । त्यस काममा इरानको हात रही आएको अमेरिकी दाबी छ ।
तर त्यो अमेरिकी आरोप पनि इरानले अस्वीकार गरेको छ । अमेरिकी ट्यांकरहरुमाथिको आक्रमणमा आफ्नो कुनै हात नरहेको इरानको दाबी छ ।
हाल नियुक्त भएका रक्षामन्त्री एस्परको सैनिक क्षेत्रमा लामो समयको अनुभव रहेको छ । ५५ वर्षीय एस्परको सन् १९९१ मा भएको ‘गल्फ वार’ मा समेत संलग्न भएको अनुभव छ ।
उनलाई सन् २०१७ मा वर्तमान राष्ट्रपति ट्रम्पले नै सैनिक सचिवमा नियुक्त गरेका थिए । उनले ‘राइदन डिफेन्स फर्म’ को कार्यकारीका रुपमाा रहेर काम गरिरहेका थिए । एएफपी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा २० जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार