आज नेकपाको सचिवालय बैठक बस्दै, कार्यविभाजन र समसामयिक विषयमा छलफल हुने
इन्द्र रिजाल
असार ७, २०७६ शनिबार २०:३:३६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को आज शनिबार दिउँसो ३ः०० बजे पछि सचिवालय बैठक बस्ने भएको छ । नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र समसामयिक विषयबारे छलफल हुने जानकारी गराए ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो । यसअघि गत जेठ २३ गते बसेको बैठकमा पार्टी केन्द्रीय सदस्यको कार्यविभाजनका विषयमा छलफल भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली युरोप भ्रमणमा जानुपर्ने र कार्यविभाजनबारे तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।
नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजनबारे पटक÷पटक बैठक बसे पनि टुङग्याउन सकेको थिएन । नेकपाले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरणका अन्य काम टुङग्याउने तयारी गरेको छ । यसअघि जेठ २१, २२ र २३ गते सचिवालय बैठक बसेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ४, २०८१ शुक्रबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार