नेकपा सचिवालय बैठक : प्रधानमन्त्री ओलीको युरोप भ्रमणका बिषयमा विफ्रिङ !
इन्द्र रिजाल
असार ७, २०७६ आइतबार २:३२:५०
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको राजनीतिक प्रतिवेदनलाई सम्पादनमा लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकले राजनीतिक प्रतिवेदनलाई सम्पादनका लागि पठाउने निर्णय गरेको महासचिव बिष्णु पौडेलले जानकारी दिए ।
प्रतिवेदन सम्पादन भएपछि सार्वजनिक गर्ने निर्णय भने आगामी बैठकमा हुने बुझिएको छ । १३ महिना अघि तयार भएको राजनीतिक प्रतिवेदन अझै छापिन सकेको छैन् । एकता प्रक्रिया छिटो टुङ्गयाउने बिषयमा छलफल भएपनि कुनै निर्णय नभएको उनले बताए । एकीकरणका बाकीकामलाई छिटो भन्दा छिटो सम्पन्न गर्नका लागी केहि गृहकार्य बाकी रहेको महासचिव पौडेलले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युरोप भ्रमणका बिषयमा पार्टी नेतृत्वलाई विफ्रिङ गरेका थिए । केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुङ्गो लगाउन भनेर बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे बिफ्रिङ गराएको नेता बामदेव गौतमले जानकारी दिए ।
यसअघि गत जेठ २३ गते बसेको बैठकमा पार्टी केन्द्रीय सदस्यको कार्यविभाजनका विषयमा छलफल भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली युरोप भ्रमणमा जानुपर्ने र कार्यविभाजनबारे तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । सचिवालयको अर्को बैठक छिटै बोलाइने नेताहरुले बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
कात्तिक २५, २०८१ आइतबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
उद्योगमा लाइन नजोडिएकोमा प्रधानमन्त्रीको प्रतिक्रियाः “नजोडिएको भए हेर्दै जाउँ ”
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार
हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही
कात्तिक २७, २०८१ मंगलबार
ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते
कात्तिक २७, २०८१ मंगलबार
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
मर्दी आरोहणका क्रममा गाइड सम्पर्कविहीन, खोजीकार्य सुरु
कात्तिक २७, २०८१ मंगलबार