‘लोकतन्त्रका लागि देशभित्र र बाहिरका नेपाली एकजुट हुनपर्छ’
इन्द्र रिजाल
असार ७, २०७६ आइतबार ४:३२:३७
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
डेनमार्कको राजधानी कोपनहेगनमा आयोजित नेपाली जनसम्पर्क समितिको प्रथम विश्वस्तरीय प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षा गर्न सम्पूर्ण लोकतन्त्रवादीको प्रमुख दायित्व हुने बताएको कार्यक्रममा सहभागी उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।
सङ्घीयतामाथि विश्वास नगर्नेबाट लोकतान्त्रिक गणतन्त्रमाथि खतरा उत्पन्न भएकाले सम्पूर्ण लोकतन्त्रवादी एक हुनुपर्नेमा उपसभापति निधिको जोड थियो ।
कार्यक्रममा कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीमा गुटउपगुटका कुरा छाडेर एकजुट हुन सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गरे । उनले एकजुट भएर अघि बढे कांग्रेसलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने बताए ।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठाद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल, नेपाली जनसम्पर्क समिति जर्मनीका संस्थापक अध्यक्ष दिलबहादुर गुरुङ, स्पेनका संस्थापक अध्यक्ष चिन्तामणि सापकोटा, नेदरल्याण्डका संस्थापक अध्यक्ष नारायण आचार्य, संयुक्तराज्य अमेरिकाका संस्थापक अध्यक्ष विष्णु सुवेदी, पोर्चुगलका अध्यक्ष गङ्गाधर गौतम, भारतका अध्यक्ष बालकृष्ण पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
यही असार ६ गतेदेखि तीन दिनसम्म चल्ने कार्यक्रममा विश्वका ३३ देशका करीब २०० जनाको सहभागिता रहेको कांग्रेसले जनाएको छ । प्रशिक्षण कार्यक्रममा पार्टीका नेता डा मीनेन्द्र रिजाल, डा रामशरण महत, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, भीष्मराज आङ्देम्बे, गोविन्द भट्टराई लगायतले प्रशिक्षण दिने कार्यक्रम छ । त्यस्तै गोविन्द भट्टराई, रामजी दाहाल लगायतले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ४, २०८१ शुक्रबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार