प्रधानमन्त्रीकै जिल्लामा धारा छन्, तर पानी छैन !
इन्द्र रिजाल
असार ८, २०७६ आइतबार १३:२७:४९
झापा । गाउँमा धारा छन् तर पिउने पानी छैन । केहीको घरमा धारामा आउने पानीले लुगा धुने, गाईबस्तुलाई खुवाउने, भाँडावर्तन माझ्ने गर्छन् ।
पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनी थपिँदै छ । यो पीडा वर्तमान प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाको शिवसताक्षी नगरपालिकामा हो ।
नगरको ९ र १० नम्बर वडाका ३ वटा गाउँका बासिन्दा अहिले पनि पानीको अभाव भोगिरहेका छन् । पानीको अभाव खेपिरहेका गाउँलेको संख्या वर्षेनी थपिँदै छ । स्थानीय नहर, कुवा तथा खोलाको धमिलो पानी उपभोग गर्छन् ।
खानेपानीको भरपर्दो व्यवस्था नहुँदा नगरका संगमबस्ती, दोमुखा र श्रीजंघा बस्तीका हजारौं स्थानीयले वर्षौँदेखि पिउने पानीको समस्या खेप्दै आएका छन् ।
संगमबस्तीका २ सय ५० घरका लागि स्थानीय दिलबहादुर खड्काको घरमा भएको ट्युवेलबाट निस्कने अप्रशोधित पानी उनीहरुको जीवनजल हो । यो समस्या हिमाल पहाडकाका दुर्गम बस्तीको भन्दा कम छैन ।
यहाँका स्थानीयले डोको, साइकल, मोटरसाइकल, ठेलाजस्ता साधनका माध्यमबाट गाग्रा, बोत्तल, जर्किनमा पानी हालेर घर सम्म ल्याउने गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा उत्तम नेपालले लेखेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार