मालपोत कार्यालय मझगावमा दुई महीनादेखि रजिस्ट्रेशन ठप्प
इन्द्र रिजाल
असार ८, २०७६ आइतबार १४:२१:१७
लुम्बिनी । रुपन्देही जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने मर्चवार क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले दुई वर्ष अगाडि स्थापना भएको मालपोत कार्यालय मझगावमा विगत दुई महीनादेखि रजिस्ट्रेशनको काम हुन सकेको छैन ।
घरजग्गा रजिस्ट्रेशन गर्दा एक जना अधिकृतसहित तीन जना स्थायी दरबन्दी भएका कर्मचारीको हस्ताक्षर अनिवार्य चाहिने कानूनी प्रावधान छ ।
१७ जना कर्मचारीको स्थायी दरबन्दी रहेको मर्चवारको मझगावस्थित मालपोत कार्यालयमा एक जना नायब सुब्बा शान्ता घिमिरे र खरिदार तुलसी दाहालसहित आठ जना कर्मचारी रहेका छन् । घिमिरे र दाहालबाहेक अन्य छ जना करारका कार्यालय सहयोगी हुन् ।
नासु घिमिरेले निमित्तको जिम्मेवारी पनि पाएको छैन । यसअघिका कार्यालय प्रमुखका रुपमा आएको राजराजेश्वर त्रिवेदी तीन दिन हाजिर भएर गएपछि सम्पर्कमा आएका छैन । नासु घिमिरे र खरिदार दाहालले छ जना कार्यालय सहयोगीका भरमा कार्यालय खोल्ने, ठाडो रोक्का गर्ने, स्रेस्ता उतार, फुकुवाको काम मात्रै गरिरहेका छन् ।
मझगाव कार्यालयमा स्थायी दरबन्दी भएका कम्प्युटर अपरेटर लक्ष्मी भट्टराई पनि मझगाव नगई भैरहवास्थित मालपोतमा काम गरिरहेका छन् । कर्मचारी नहुँदा काम नै गर्न नसकिएको नासु घिमिरेले बताए ।
उनले भने, “विभागमा बारम्बार लिखित र मौखिकरुपमा कर्मचारी पठाइदिनुस्भन्दा पनि सुनुवाइ भएन । मान्छेहरु आउँछन् । किन यो काम हँुदैन । गर्नै पर्छ भन्छन्, दबाब दिन्छन् । तर मलाई निमित्तकोसमेत जिम्मेवारी छैन तथापि हामीले जसोतसो गरिरहेका छौँ तर रजिस्ट्रेशनको काम तीन जना नभई गर्न मिल्दैन त्यसैले गरेका छैनौँ ।”
विषादी जाँच गर्न नपाएपछि भन्सारमै रोकिए फलफूल र तरकारी
यसअघि विनाजाँच नेपाल भित्रिँदै आएको फलफूल र तरकारीको विषादी जाँचमा भन्सारमा कडाइ हुनथालेपछि अहिले रोकिएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयले विषादी अवशेष परीक्षण गरी दिएको प्रमाणपत्रको आधारमा मात्रै भन्सार पास दिने भनी गरेको परिपत्रअनुसार कानून लागू गरिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले बताए ।
यता विषादी जाँच गर्ने प्रयोगशाला तथा उपकरण नहुँदा समस्या सिर्जना भएको छ । रुपन्देही जिल्लामै बुटवलस्थित फलफूल तथा तरकारी बजारमा उक्त उपकरण भएको भए तापनि सो ठाउँमा काम गर्ने कर्मचारीको कृषि निर्देशानालयमा सरुवा भएपछि उक्त उपकरण पनि प्रयोगविहीन भएको छ ।
विषादी अवशेष परीक्षण तत्काल सम्भव नभएको बेलहियामा रहेको प्लान्ट क्वारेन्टाइनले बताएको छ । क्वारेन्टाइन प्रमुख विष्णुप्रसाद काफ्ले भने, “पहिलो हामीलाई जाँचको निर्देशन नै छैन, दोस्रो उपकरण र दक्ष जनशक्ति छैन । जाँच नहुँदा भारतको कानपुर, बनारस,, फरिन्दा, अहमदावाद, हैदरवाद, बरेलीलगायतको क्षेत्रबाट तरकारी तथा फलफूल लिएर आएका गाडी भन्सारमै रोकिएका छन् । ”
भैरहवा भन्सारबाट मात्रै दैनिक आलु, प्याज, तरकारीको ३५ भन्दा बढी गाडी र फलफूलको ३० भन्दा बढी ट्रकहरु भित्रिँदै आएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमाटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर
पुष २५, २०८१ बिहिबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार