कृषि पकेट क्षेत्र सांसदकै निगरानीमा सञ्चालन गरिने
इन्द्र रिजाल
असार ८, २०७६ आइतबार १४:३९:०
सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले कृषि पकेट क्षेत्र सांसदहरुकै निगरानीमा सञ्चालन गरिने बताएका छन् ।
मन्त्रालयअन्तर्गतका योजनाको अनुगमन तथा पशुपालन र कृषि पकेट क्षेत्रको सम्भाव्यता अध्ययनको क्रममा दैलेख पुगेका मन्त्री केसीले आगामी आवबाट कृषि पकेट क्षेत्र स्थापना गरी त्यसको प्रत्यक्ष निगरानी सांसदमार्फत गर्ने बताए ।
गरीब समुदायको जीवनस्तरमा सुधार गर्नका लागि मन्त्रालयले यहाँका सांसदहरुको प्रत्यक्ष निगरानी हुनेगरी ‘एक सांसद, एक कृषि पकेट क्षेत्र निर्माण गरेर काम शुरु गर्ने नीति प्रदेश सरकारले लिएको उनले प्रष्ट्याए ।
अनुगमनका क्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुण्यप्रसाद रेग्मीले सरकारले प्रभावकारी कार्यक्रम लागू गर्न किसानका बारीसम्म पुगेर अध्ययन र अवलोकन गर्ने काम थालेको बताए ।
अब हरेक कृषकको आम्दानी बढाउन र कर्णालीलाई अग्र्यानिक प्रदेश बनाउन स्थानीय सरकार र कृषक पनि जागरुक भएर लाग्नुपर्नेमा उनको जोड थियो ।
नारायण नगरपालिका–३ को पिउसेमा कृषि पकेट क्षेत्र र पशुपालनको राम्रो सम्भावना भएको बताउँदै प्रदेश सरकारले नीति निर्माण गरिदिन पूर्व जिविस सभापति टेकबहादुर खाँणले मन्त्रीसँग अनुरोध गरे ।
नारायण नगरपालिका–३ का अध्यक्ष चन्द्रप्रसाद उपाध्यायले यस वडामा यहाँका दलित समुदायसँग खेतीयोग्य जमीन कम भएकाले अहिले पनि कामको खोजीमा भारत जानुपर्ने बाध्यता कायमै रहेको बताए ।
कृषि पकेट क्षेत्रसँगै सामूहिक तरकारी खेती र पशुपालन व्यवसाय शुरु गर्न सके आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने उनको भनाइ थियो । योजना अनुगमनका क्रममा कर्णाली प्रदेशका सांसद पद्मा खड्का, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका उपसचिव राजु केसी, भेटनेरीका मोहन गिरी र भिम बिष्टलगायतको सहभागिता रहेको थियो ।
मन्त्री केसी नेतृत्वको अनुगमन टोलीले बाख्रा फार्म, पातिकाल्नामा निर्माण भएको कुखुरा फार्म, पिउसेमा कृषि र पशुपालनको सम्भाव्यता अध्ययनसँगै कृषकको बारीमै पुगेर समस्याको बारेमा स्थलगत अध्ययनसमेत गरेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमाटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर
पुष २५, २०८१ बिहिबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार