खानेपानीको समस्या चोरी हुने भएपछी धारामा ताल्चा
इन्द्र रिजाल
असार ८, २०७६ आइतबार १५:१७:११
तनहुँ । पर्याप्त मात्रामा धारामा खानेपानी नआउने भएपछि तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङमा धारामा ताल्चा लगाउने गरिएको छ । खानेपानीको समस्याबाट पीडित यहाँका स्थानीयवासीले खानेपानी चोरी हुने डरले धारामा ताल्चा लगाउने गरेका हुन् ।
खानेपानीको मूल सुक्न थालेको र भएको पानी दुरुपयोग हुन थालेपछि धारामा ताल्चा लगाउने गरिएको स्थानीयवासी सीता मल्लले बताइन् । मल्लले भनिन्, “खानेपानी दुरुपयोग हुन नदिनबाट जोगाउन यो उपाय अपनाएका हौँ ।” उनका अनुसार दुई धारामा ताल्चा लगाइन्छ, साँझ ६ बजेदेखि ९ बजेसम्म पानी भर्नका लागि ताल्चा खोलिन्छ ।
“अरु समयमा सधैँ ताल्चा लगाएर नै राख्ने गरिएको छ”, स्थानीयवासी तेजकुमारी वंशीले भबताइन, “खानेपानीको दुःखले गर्दा यस्तो गरिएको हो ।” उनका अनुसार खानेपानीको दुःखले गर्दा रित्तो गाग्री समयमै धारामा लगेर राख्नुपर्ने बाध्यता छ । ग्वास्लुङका १०० भन्दा बढी घरधुरी खानेपानी समस्याबाट पीडित छन् ।
खानेपानीको समस्याले गर्दा साँझ पर्न थालेसँगै धारामा स्थानीयवासीको भीड हुने गरेको छ । “साँझ पर्न थालेपछि अरु काम गर्न भ्याइँदैन, गाग्री बोकेर धारातर्फ दौडनुपर्छ”, स्थानीयवासी मीनकुमारी चन्दले भनिन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार