मिर्गौला पीडित कुमालको उपचारमा प्रवासी नेपालीद्वारा सहयोग
इन्द्र रिजाल
असार ९, २०७६ सोमबार १३:४:३२
बेझाड । रामपुर नगरपालिका–८ बस्ने मिर्गौला पीडित भीमबहादुर कुमालको उपचारमा प्रवासी नेपालीबाट आर्थिक सहयोग जुटेको छ । रामपुर जापान सम्पर्क मञ्चले ३१ वर्षीय कुमालको उपचारका लागि रु ८८ हजार ८८८ रकम सहयोग गरेको हो ।
यसैगरी कुमालको उपचारमा सहयोगस्वरुप रामपुर नगरपालिकाले रु १२ हजार २२३, रामपुर ८ का समाजसेवी नरनारायण अर्याल र रामपुर ५ का निराजन रेग्मीले पनि नगद रु पाँच-पाँच हजार सहयोग प्रदान गरेका छन् । वडा नं ८ का जनप्रतिनिधि तथा कर्मचारीबाट रु १५ हजार नगद सहयोग गर्ने घोषणा गरिएको छ ।
कुमाललाई सो रकम नगर प्रमुख रमणबहादुर थापाले हस्तान्तरण गर्दै सामान्य रोगको पनि ख्याल नगर्दा ठूलो रोगले आक्रमण गरेर सताउने हुँदा समय समयमा स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराएर निरोगी रहन सकिने बताए।
रामपुर जापान सम्पर्क मञ्चले सङ्कलन गरेको सो रकम प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालमार्फत पीडितलाई सहयोग गरिएको हो । आफूलाई उपचारमा सहयोग गर्नुहुने दातालाई धन्यवाद दिँदै जीवन रक्षाका लागि थप सहयोगको कुमालले याचना गरेका छन् ।
सात वर्षसम्म वैदेशिक रोजगारीमा कार्यरत ३१ वर्षीय कुमाल दुवै मिर्गौला ले काम गर्न छाडेपछि सात महीना अगाडि स्वदेश फर्केका छन् ।
उनले वैदेशिक रोजगारीको क्रममा सवारी चालकको काम गर्थे । कुमालका बुबा, आमा, श्रीमती, दुई छोरा छन् । सामान्य परिवारका कुमाल आफू नै बिरामी परेपछि परिवारको जीवन गुजारा चलाउन समस्या परेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमाटोका भाँडा बनाउने व्यवसायी समस्यामा
पुष २५, २०८१ बिहिबार
हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर
पुष २५, २०८१ बिहिबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार