साउदी विमानस्थलमाथि हुथी विद्रोहीले गरे हमला
इन्द्र रिजाल
असार ९, २०७६ सोमबार १८:२१:१६
काठमाडौं । साउदी अरेबियाको दक्षिणमा रहेको अभा विमानस्थलमा यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेका छन् । आक्रमणबाट एक जना सिरियाली नागरिकको मृत्यु हुनुका साथै अरु २१ जना घाइते भएको साउदी अधिकारीहरुले बताएका छन् ।
इरानसँगको तनाब बढिरहेका समयमा यमनी विद्रोहीले आक्रमणलाई तिब्र बनाएका छन् । पछिल्लो आक्रमणबाट म्याकडोनाल्डको एक पसलका साथै १८ वटा सवारी साधनमा क्षति पुगेको छ ।
यमनका हुथी विद्रोहीलाई इरानको समर्थन रहेको बताइन्छ । विमानस्थलमा गरिएको आक्रमणबाट घाइते भएकाहरुमा साउदी अरेबिया, इजिप्ट, भारत र बंगलादेशका नागरिकहरु रहेका छन् । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
विद्रोहीले सञ्चालन गरेको अल–मासिराह टिभीले अभा र जिजान विमानस्थलमा ड्रोनबाट आक्रमण गरिएको दाबी गरेको छ । साउदी अरेबियाले भने जिजान विमानस्थलमा भएको आक्रमणबारे केही उल्लेख गरेको छैन । जुन १२ मा पनि अभा विमानस्थलमा हुथी विद्रोहीले ड्रोनबाट आक्रमण गरेका थिए । उक्त आक्रमणबाट २६ जना घाइते भएका थिए । एजेन्सी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपट्रम्पले सुसी वाइल्सलाई बनाए ह्वाइटहाउसको 'चिफ अफ स्टाफ'
कात्तिक २३, २०८१ शुक्रबार
इजरायली फुटबल समर्थकको उद्धारका लागि विमान पठाइयो
कात्तिक २३, २०८१ शुक्रबार
उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि दक्षिण कोरियाले क्षेप्यास्त्र अभ्यास गर्यो
कात्तिक २३, २०८१ शुक्रबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
दीपक मनाङेलाई चाँडै पक्राउ गर्ने प्रहरीको तयारी
कात्तिक २२, २०८१ बिहिबार
राम्रो काम नगरेपछि अढाई वर्षका लागि कालोसूचीमा पर्यो उर्जा राज्यमन्त्री कान्छारामको कन्सट्रक्सन
कात्तिक २३, २०८१ शुक्रबार
गण्डकीको फैसलालाई लिएर कांग्रेस सांसद ढुंगानाले समिति मै न्यायाधीश मल्लमाथि पोखे आक्रोश
कात्तिक २३, २०८१ शुक्रबार
बागलुङमा दम्पती मृत फेला
कात्तिक २३, २०८१ शुक्रबार
दुर्घटनामा मृतक पाँच जनाको सनाखत
कात्तिक २३, २०८१ शुक्रबार
क्षतिग्रस्त विपी राजमार्ग पुनःनिर्माणबारे जाइकाद्वारा निरीक्षण
कात्तिक २३, २०८१ शुक्रबार
विमानस्थल मर्मतका कारण उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्रीको आग्रह
कात्तिक २३, २०८१ शुक्रबार
टिकटक, नेटफ्लिक्ससहित २० अन्तर्राष्ट्रिय कम्पनी विद्युतीय सेवा करमा दर्ता
कात्तिक २३, २०८१ शुक्रबार
झापामा जुवातास खेलिरहेका १८ जना पक्राउ
कात्तिक २३, २०८१ शुक्रबार