जनार्दन भन्छन्, पाँच ठाउँमा हात भाँचिदिएर गोली हानेपछि मुठभेड भन्न मिल्छ ?
इन्द्र रिजाल
असार ९, २०७६ सोमबार १९:४१:३
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकार व्यक्ति हत्यामा उत्रिएको भन्दै कडा आलोचना गरेका छन् ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा नेता शर्माले विप्लवका कार्यकर्ताको सरकारबाट भएको एकपछि अर्को हत्याको कडा निन्दा गरेका हुन् । बैठकमा शर्माले सरकारले चन्द नेतृत्वले सर्लाहीमा नेत्रविक्रम चन्द विप्लवका जिल्ला इन्चार्जको प्रहरीले हत्या गरेको घटनालाई लिएर सत्तारुढ दलभित्र तीव्र असन्तुष्टि देखिएको बताएका थिए ।
पौडेललाई गिरफ्तार गरेर हत्या गरेको दाबी गर्दै सत्यतथ्य तत्काल बाहिर ल्याउन माग गरेका थिए । ‘५-६ ठाउँ हात भाँचेर हत्या गरिएका पौडेललाई मुठभेडमा मारिएको भनेर सरकारले मुलुकमा द्वन्द्व निम्त्याउने काम आफैले गरेको छु, उनले भने, ‘यसले समस्या बढाउँछ।
यता, गृहमन्त्री रामबहादुर थापाले भने सरकारले चन्द नेतृत्वको नेकपासँग मुडभेड नचाहेको बताएका थिए। उनले चन्द नेतृत्वको नेकपालाई संविधानको बाटोबाटै राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले वार्ताको प्रयासलाई पनि जारी राखेको बताए। गृहमन्त्री थापाले चन्द नेतृत्वको नेकपाको आतंककारी क्रियाकलापलाई मात्रै सरकारले नियन्त्रणमा लिने दावी गरे।
असार ५ गते सर्लाहीको लालबन्दीस्थित लखनदेही खोलामा विप्लवलका जिल्ला इन्चार्जको प्रहरीले गोली हानी हत्या गरेको थियो ।तर सरकारले त्यसलाई भुठभेड भन्दै आएको छ।
याे पनि पढ्नुस:
कुमार पौडेल मुठभेडमै मारिएको गृहमन्त्री थापाको जिकिर
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार