कांग्रेसको असहमतिका बीच अर्थ विधेयक बहुमतले पारित
इन्द्र रिजाल
असार ९, २०७६ मंगलबार ०:४७:१४
काठमाडौं । प्रदेश नं ५ प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६ आज बहुमतले पारित भएको छ ।
उक्त विधेयकमा विपक्षी दल नेपाली कांगेसले असहमति जनाए पनि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको घोषणा गरे । विधेयक पारित भएसँगै प्रदेश सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । मुख्यमन्त्री तथा आर्थिक योजनामन्त्री शङ्कर पोखरेलले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
यसअघि आइतबार प्रदेश विनियोजन विधेयक २०७६ सर्वसम्मतिले पारित भएको थियो । अर्थसम्बन्धी विधेयकको जवाफ दिँदै मुख्ययमन्त्री पोखरेलले सीमित विषयमा मात्रै राजश्व प्राप्त गर्ने विषय भएकाले सवारी साधनबाट बढी राजश्व सङ्कलन भएको बताए ।
चलचित्र, नाटकघर, मनोरञ्जनलगायतमा पाँच प्रतिशत कर लाग्ने जानकारी दिए । घर जग्गा कर रजिष्टे«शन शुल्क वृद्धि नभएको र थप सहुलियत दिन खोजिएको उनले प्रष्ट पारे । सो अवसरमा विषेश समय माग्दै नेपाल कम्युनिष्ट पार्टीका सचेतक भूमिश्वर ढकालले स्थानीय पालिकाले लगाएको करमा जन गुनासो आएकोले सम्बोधन गरेर कतिपय कर हटाइएको बताए ।
प्रदेशसभा सदस्य कृष्णा केसीले बाँकेको नरेनापुर डुबानमा परेको, घर भत्केको र हुलाकी राजमार्गको पुल तथा कल्भर्टमा समेत क्षति पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभा सदस्य फकरुद्दिन खानले रुपन्देहीको गैडहवा गाउँपालिकाको हसनापुरमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको घटनाबारे सदनलाई जानकारी गराउँदै दोषीमाथि कारवाहीको माग गरे । सो अवसरमा प्रदेशसभा सदस्य दीपेन्द्र पुनमगर, तारा जिसी, अष्टभूजा पाठकलगायतले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ४, २०८१ शुक्रबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार