मानवअधिकार रक्षाका लागी सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण !
इन्द्र रिजाल
असार ९, २०७६ मंगलबार २:५०:३९
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार रक्षाका लागी सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगद्वारा सोमबार काठमाडौँमा आयोजित मानवअधिकारको समसामयिक विषयमा सञ्चारकर्मीहरुसँग छलफल कार्यक्रममा उनले दण्डहिनतालाई रोक्नका लागी दवाव दिन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।
त्यस्तै उनले मानवअधिकार हननका धेरै घटनाका बारेमा आयोगले अध्ययन गरेर प्रतिवेदन सरकारलाई बुझाएपनि कार्यान्वयनका अवस्था भने सन्तोषजनक नरहेको बताए । एकपछि अर्को गरी विवादित विधेयकहरु ल्याइनु, प्रहरी ‘इन्काउन्टर’माथि प्रश्न उठ्नु, दन्डहीनता झन् बढ्नुले सरकार संविधानको मर्मअनुरुप चल्नुपर्ने देखिएको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डाक्टर महेन्द्र बिष्टले आयोगले मानवअधिकारसम्बन्धी गरेको अध्ययन सुझावको सरकारले कार्यान्वयन गर्नुपर्ने धारणा राखे । पत्रकार महासंघका महासचिव रमेश बिष्टले सरकार परिवर्तन भएपनि मानवअधिकार रक्षाको सवाल जस्ताको त्यस्तै रहेको बताए ।
यस्तै, आयोगका पूर्वआयुक्त गोकुल पोखरेलले नेताहरुले जनतालाई सपना बाँड्ने तर त्यसअनुरुप कार्य नगर्ने गर्दा जनतामा निराशा बढेको र नेतृत्व आलोचनाका पात्र बन्ने गरेको धारणा राखे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकोशीका मन्त्रीले मानव तस्करी गरे कि फन्दामा परे, प्रहरी भन्छः अनुसन्धान हुँदैछ, को हुन अनिता ?
कात्तिक २३, २०८१ शुक्रबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कात्तिक १४, २०८१ बुधबार
जीबी राई भगाउन सहयोग गर्ने सहसचिवलाई पुरस्कार !
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
रुसबाट ५ सय ६३ युक्रेनी सैनिकको शव फिर्ता
नेपालबहस संवाददाता
कात्तिक २३, २०८१ शुक्रबार
उपनिर्वाचनका उम्मेदवारहरुलाई सघाउन र सहजीकरण गर्न कांग्रेसका १० नेताले पाए जिम्मेवारी
नेपालबहस संवाददाता
कात्तिक २२, २०८१ बिहिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार
आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था नआओस् भन्दै रास्वपा कार्यकर्ताको खबरदारी
कात्तिक २४, २०८१ शनिबार
हवाई भाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति, टीबीए खारेज गर्ने निर्णय
कात्तिक २४, २०८१ शनिबार
क्रोएसियामा एक नेपालीसहित विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा चार जना पक्राउ
कात्तिक २४, २०८१ शनिबार
रास्वपाले सहकारी पीडितहरूको रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रम गर्ने
कात्तिक २४, २०८१ शनिबार
प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन ढिलाइ गर्नु हुँदैनः नेता निधि
कात्तिक २४, २०८१ शनिबार
पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग
कात्तिक २४, २०८१ शनिबार
सरकारमा रहे पनि कांग्रेस र एमाले नै राजनीतिक प्रतिष्पर्धी हुन्ः नेता डा कोइराला
कात्तिक २४, २०८१ शनिबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार