इराकमा शिक्षा मन्त्री नियुक्त गर्न नसकेकाले सरकार अझै अपूर्ण

इन्द्र रिजाल
असार ९, २०७६ मंगलबार ३:२७:३४

एजेन्सी । इराकको संसदले थप तीन मन्त्रीको नामावली सोमबार पारित गरेको छ । मन्त्रीपरिषद्मा थप तीन सदस्य थपिएपनि सरकार भने अझै अपूर्ण नै रहेको छ ।
प्रधानमन्त्रीमा नियुक्त भएको आठ महिनापछि सम्मपनि अडेल अब्डेल माहदीले शिक्षा मन्त्री नियुक्त गर्न नसकेकाले सरकार अझै अपूर्ण नै रहेको हो ।संसदले सोमबार रक्षा, गृह र न्याय मन्त्रीको नामावली परित गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रशिद्ध इराकी राजनीतिज्ञ तथा अर्थशास्त्री ७६ बर्षीय माहडीको नेतृत्वमा गत बर्ष इराकमा नयाँ सरकार बनेको हो ।उनले अहिले गृह मन्त्रीका रुपमा यसिन अल यासेरीलाई र रक्षा मन्त्रीका रुपमा जनरल नाजाह अल शेम्मारीलाई पाएका थिए ।
शिक्षा मन्त्रीको रुपमा भने एक महिलालाई उनले प्रस्ताव गरेकोमा संसदले पारित नगरेको समाचारमा जनाइएको छ ।संसद श्रोतले दिएको जानकारी अनुसार चाडै नै शिक्षा मन्त्रीका लागि अर्को व्यक्तिको नाममा मतदान गराइने छ ।
सरकारलाई पूर्णता दिन संसद र आन्दोलनकारी सहित विभिन्न क्षेत्रबाट दबाब बढेपछि उनले तीन मन्त्रीको नामावली संसदमा पेश गरेका हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएक दशकपछि दक्षिण कोरियाको जन्मदरमा वृद्धि
फागुन १४, २०८१ बुधबार
इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
फागुन १४, २०८१ बुधबार
च्याम्पियन्स ट्रफीमा ड्युटी नगर्ने सय पाकिस्तानी प्रहरी बर्खास्त
फागुन १४, २०८१ बुधबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार