कुष्ठरोग नियन्त्रणमा नयाँ अभियान : सम्पर्कमा रहनेलाई पनि औषधि
इन्द्र रिजाल
असार १०, २०७६ मंगलबार १६:४८:३२
बाँके । कुष्ठरोग नियन्त्रण प्रभावकारी बनाउन सरकारले नयाँ अभियान अघि सारेको छ । देशका विभिन्न जिल्लामा नमूनाका रूपमा कार्यान्वयनमा आएको उक्त अभियान यस वर्षदेखि बाँके र बर्दियामा पनि सञ्चालन भएको छ ।
कुष्ठरोग नियन्त्रणका लागि सरकारले वर्षौँदेखि ठूलो रकम खर्चिँदै आए पनि सङ्क्रमितको दर निरन्तर उस्तै देखिएपछि नयाँ अभियान थालिएको अभियानमा प्राविधिक सहयोग गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दामियन फाउण्डेशनका नेपाल प्रतिनिधि डा सुशील कोइरालाले जानकारी दिए ।
“पूर्वका तीन जिल्लाबाट पाइलट प्रोजेक्टका रूपमा शुरु भएको यो परियोजना यस वर्षदेखि बाँके र बर्दियामा पनि कार्यान्वयनमा आएको हो”, क्षय÷कुष्ठरोगका क्षेत्रमा क्रियाशीलसमेत रहेका दामियन फाउण्डेशनका प्रतिनिधि डा कोइरालाले भने, “यो नयाँ अभ्यासले कुष्ठरोग पूर्णतः नियन्त्रणमा आउने विश्वास लिइएको छ ।”
डा कोइरालाका अनुसार, तराईका जिल्लामा कुष्ठरोगको समस्या निरन्तर देखापरेपछि सरकारले नयाँ ढङ्गले सोचेको हो । यसअनुसार, सङ्क्रमितसँग नियमित सम्पर्कमा आउने कम्तीमा ३० जनालाई औषधि खुवाइनेछ । यसमा परिवारका सबै सदस्य, विद्यार्थी भए साथी, शिक्षक र छिमेकी परिवारका सबै सदस्य हुनेछन् ।
“सातामा २० घण्टाभन्दा बढी समय सङ्क्रमितसँग बिताउने जो कसैलाई पनि यो औषधि अनिवार्य गरिएको छ”, बाँकेमा स्वास्थ्य एकाइलाई प्राविधिक सहयोग गरिरहेको टिबी नेपालका क्लिनिक इन्चार्ज हिक्मत खड्काले भने, “त्यसका लागि संवेदनशील विधि अपनाइएको छ, यो विधि प्रभावकारी हुनेमा हामी पनि विश्वस्त छौँ ।”
बिरामीले नियमित औषधि खाएर ठीक भए पनि उसको सम्पर्कमा रहेको अर्को व्यक्तिमा सङ्क्रमणको आशङ्काले सरकारले रिफाम्पिसिन नामक औषधि खुवाउने भएको हो । “बर्दियामा शुरु भइसकेको छ”, खड्काले भने, “बाँकेमा यसैसाताबाट यो अभियान शुरु हुँदैछ ।” बाँकेमा ४०० बढी मूल बिरामीको सम्पर्कमा रहने थप ३० जनालाई औषधि खुवाइने छ ।
जिल्लास्थित स्वास्थ्यकर्मी र गाउँटोलका महिला स्वास्थ्य स्वयंसेविकामार्फत २०७३ साउनयता उपचारमा रहेका सबै बिरामी तथा उनको सम्पर्कमा रहेका कम्तीमा ३० जनालाई औषधि खुवाउने अभियान शुरु गर्न लागिएको हो । त्यस हिसाबले बाँकेमा मात्रै १२ हजार बढीलाई यस वर्ष औषधि खुवाइनेछ ।
सोही अभियानअन्तर्गत कोहलपुर वडा नं १४ र १५ का स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई टिबी नेपाल र दामियन फाउण्डेशनले अभिमुखीकरण गरिसकेको छ । “अब स्वास्थ्यकर्मी र स्वयंसेविकाले घरघर पुगेर बिरामी र उनको सम्पर्कमा रहनेलाई औषधि खुवाउनुहुनेछ”, खड्काले भने ।
घरदैलोमै गएर दिइने सेवाका कारण क्षय÷कुष्ठरोगका नयाँ बिरामी पनि पहिचान हुने विश्वास अभियानले लिएको छ । “औषधिले कुनै ‘साइड इफेक्ट’ पनि नपर्ने भएकाले गर्भवती महिलाबाहेक सबैले औषधि खान सकिने छ ”, डा कोइरालाले भने, “यो अभियानले स्वास्थ्यकर्मीलाई जागरुक बनाउने काम पनि गर्नेछ ।”
बिरामीलाई गोप्य राखेर औषधि खुवाउने अभियान चलाइने स्वास्थ्यचौकी शम्शेरगञ्जले जनाएको छ । कोहलपुर १४ र १५ को केन्द्रका रूपमा रहेको शम्शेरगञ्जबाट २०७३ यता १६ ले कुष्ठरोगको उपचार गराइरहेका छन् । मुलुकभर प्रति १० हजारमा एक जनामा कुष्ठरोगको सङ्क्रमण देखिए पनि तराईमा समस्या बढी रहेको सरकारी तथ्याङ्कले जनाएको छ ।
“वर्षेनी तीन हजारको सङ्ख्या नघटेपछि अभियानको प्रभावकारिता खोजिएको हो”, क्षय तथा कुष्ठरोगका क्षेत्रमा कार्यरत टिबी नेपालका क्लिनिक इन्चार्ज खड्काले भने । नेपाल सरकारले निजी क्षेत्रसँगको साझेदारीमा अभियान सञ्चालन गरेको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार