कास्कीमा ६ महीनाको अवधिमा राज्यतर्फबाट ६१ पीडित
इन्द्र रिजाल
असार १०, २०७६ मंगलबार १६:५७:१४
पोखरा । कास्की जिल्लामा राज्यपक्षबाट छ महीनाको अवधिमा ६१ पीडित भएको सोमबार सार्वजनिक गरिएको एक तथ्याङ्कमा उल्लेख छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ‘इन्सेक’ द्वारा प्रकाशित नेपाल मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक पूर्वसमीक्षामा सन् २०१९ जनवरीदेखि जुनसम्ममा उक्त सङ्ख्या पीडित भएको सार्वजनिक गरिएको हो ।
इन्सेकको अभिलेखअनुसार कास्कीमा छ महीनाको अवधिमा विभिन्न समयमा गरी २४ विप्लव समूहका कार्यकर्ता प्रहरीले गिरफ्तार गरेको जनाइएको छ । नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगरले कार्यक्रममा मानवअधिकारको अवस्था बुझ्न इन्सेकको मानवअधिकार वर्ष पुस्तक महत्वपूर्ण दस्तावेजको रूपमा रहेको चर्चा गरे।
कास्की जिल्लाबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको तथ्याङ्क राख्न इन्सेकसँग आग्रह गर्दै उनले वैदेशिक रोजगारी जाने र तिनको अवस्थाबारे तथ्याङ्क पनि अब इन्सेकले राख्नुपर्ने विचार व्यक्त गरे ।
वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले बनेका कानूनको कार्यन्वयन हुन नसक्दा मानवअधिकारको अवस्था अझ जटिल बन्दै गएको बताए । जिल्ला कारागार कास्कीका प्रमुख गणेश गौतमले मूल्यवृद्धिका कारण कैदीबन्दीलाई राज्यले प्रदान गर्दै आइरहेको सुविधा अपुग हुँदै गएको जानकारी दिए।
जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष मुक्तिनाथ सापकोटाले घटनालाई प्रहरीले ग्रहण गरिसकेपछि कसरी प्रक्रियामा अगाडि बढाइएको छ त्यसबारे पनि मानवअधिकारकर्मीको चासो रहनुपर्ने धारणा राखे ।
गैरसरकारी संस्था महासङ्घ गण्डकी प्रदेश अध्यक्ष बीना सिलवालले मानवअधिकारको व्यावहारिक पक्षका बारेमा खोजी गर्न सुझाव दिए ।
शान्तिका लागि नागरिक समाजको सञ्जालका अध्यक्ष विष्णु बरालले स्थानीय निकाय र सरकारका काममा जनताको निगरानी आवश्यक रहेको उल्लेख गर्दै वर्ष पुस्तकमा ज्येष्ठ नागरिकका बारेमा तथ्याङ्क सङ्कलन गरिनुपर्ने धारणा राखे ।
इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले इन्सेकले मानवअधिकारको सात महासन्धिमा आधारित रहेर घटनाहरु सङ्कलन गर्दै आइरहेको जानकारी दिँदै राज्य मानवअधिकारको विषयमा गम्भीर बन्नुपर्नेमा जोड दिए।
पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा अधिकृत विष्णुमाया पौडेलले तथ्याङ्कमा धेरै घटना महानगर क्षेत्रभित्रै घटेको देखिएकाले आगामी दिनमा घटना न्यूनीकरणका लागि आवश्यक कार्यक्रमहरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
हेटौंडाबाट गैँडाको खागसहित तस्कर पक्राउ
पुष ११, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार