राष्ट्रियसभामा रहेकाे गुठी विधेयक आज फिर्ता लिँइदै
इन्द्र रिजाल
असार १०, २०७६ मंगलबार १८:२७:९
काठमाडौं । केही दिन राष्ट्रियसभामा पेश भएको गुठी विधेयक मंगलबार आज फिर्ता हुने भएको छ । गएको वैशाख १७ गते संसद्मा दर्ता भएको गुठी विधेयक, २०७५ नागरिकको विरोधपछि मंगलबार फिर्ता हुन लागेको हो ।
आज दिउँसो अहिले केही बेरमा बस्ने बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
मन्त्री अर्यालको प्रस्तावमा सांसद्ले आफ्नो सहमति जनाएपछि विधेयक फिर्ता हुनेछ । यो विधेयक गुठी परम्परा विपरित र यसबाट गुठी संरक्षण हुन नसक्ने भन्दै विधेयकका धेरै बुँदामाथि असहमति राख्दै स्थानीय तथा अभियन्ताले विरोध गरेका थिए ।
संसद् नियमावली अनुसार विधेयक फिर्ता लिन सरकारले संसद्मा प्रस्ताव गर्नुपर्ने र त्यसलाई सम्बन्धित सदनको बहुमतबाट स्वीकृत हुनुपर्ने व्यवस्था छ ।
गुठियार र सरोकारवालाको तीव्र विरोध भएपछि मन्त्री अर्यालले गएको असार ३ मा पत्रकार सम्मेलन गरी विधेयक फिर्ता गर्ने घोषणा गरेकी थिइन् ।
मंगलबारको राष्ट्रियसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ‘नेपाल इन्जिनियरिङ परिषद् ‘पहिलो संशोधन’ विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ४, २०८१ शुक्रबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार