संसदमा प्रधानमन्त्री ओलीकाे सट्टा अर्थमन्त्री खतिवडाले जवाफ दिएपछि !
इन्द्र रिजाल
असार १०, २०७६ मंगलबार २०:०:२२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसदमा जवाफ दिन अनुपस्थित भएका छन् । मंगलबार मन्त्रालगत रुपमा विनियोजन गरिएको बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री आफै उपस्थित हुनुपर्ने भए पनि उनको सट्टा अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिएका छन् ।
खतिवडा मन्त्रिपरिषदका १६औँ बरियताका मन्त्री हुन् । संसदमा दुई उपप्रधानमन्त्रीसहित अरु वरिष्ठ मन्त्रीहरु उपस्थित भए पनि ओलीले खतिवडालाई नै जवाफ दिन निर्देशन दिएको स्रोतको भनाई छ।
मंगलबार प्रधानमन्त्री ओेलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित रहेर उठेका प्रश्नको जवाफ दिने गरी संसद सचिवालयले कार्यसूचि सार्वजनिक गरेको थियो ।
युरोप भ्रमण र समसामयिक विषयमा संसदलाई जानकारी गराउन असार ३ गते पुगेका प्रधानमन्त्री ओलीलाई विपक्षी कांग्रेसले सदन अवरोध गरेर बोल्न नदिएपछि उनी संसद गएका छैनन् । मंगलबार अरु विशेष कार्यक्रम नभए पनि प्रधानमन्त्री ओलीले संसद छलेका हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार